अमेरिकामा निधन भए भनिएका एक नेपालीको अस्पतालमा उपचार हुदै

दूरबिन नेपाल     २३ चैत्र २०७६, आईतवार १९:३०    

Anil Baral Real Estate

अमेरिका न्युयोर्कमा निधन भए भनिएका ङिमा तेम्बा शेर्पाको स्वास्थ स्थिर रहेको परिवारले जनाएको

 

विरामीका दाई ल्हाक्पा युला शेर्पाले फेसबुकमा स्टाटस लेख्दै अस्पतालले दिएको अस्पष्ट जानकारीका कारण सबैमा भ्रम पर्न गएकोजनाएका छन्

 

ल्हाक्पा युला शेर्पाको फेसबुक स्टाटस जस्ताको त्यस्तै

सम्पूर्ण नातागोता, आफन्तजन

तथा शुभ चिन्तकहरुमा टशी देलेग!

हाम्रो भाई ङिमा तेम्बा शेर्पाको सन्बन्धमा हिजो अस्पातलबाट परिवारलाई दिएको जानकारी अनुसार अब मानिस काम नलाग्ने जानकारीदिएपछि हामीले उहाको नाममा पूजापाठ गर्ने देखि लिएर फेसबुकमा श्रद्धान्जली लेख्ने समेत काम भएको थियो। अहिलेको परिस्थितिअनुसार परिवार कोही पनि त्यहा जान नमिल्ने भएको हुँदा उनीहरुको सूचनामा भर पर्नु पर्ने भएको हुँदा आज बिहान अस्पातल संपर्क गर्दाउहाको मुटु चलिरहेको जानकारी प्राप्त भएको , हामी सबैले उहाको स्वास्थ्य लाभ प्रार्थाना गरौ।

 

हामीले दिएको जानकारी अनुसार नै भाईका साथीभाई तथा शुभचिन्तकहरुले श्रद्धान्जली समेत लेखेका हुन्, त्यस बिषयमा हामी अन्यथालिने छैनौं। सम्पूर्ण महनुभाव   तथा संघसस्थाहरुलाई यो जानकारी गराउन्दै हामीले अस्पातलको सूचनाकै भर पर्नु पर्ने भएको हुनाले पर्नगएको दुबिधाप्रति क्षमा चाहन्छु। थुची छे!

ल्हाक्पा युला शेर्पा (दाई)

 

 

 


२३ चैत्र २०७६, आईतवार १९:३० मा प्रकाशित