एउटा अदृश्य शक्ति जसले मानव जातिलाई नियंत्रण गर्छ

प्रा. डा. दुर्गा दाहाल     २७ चैत्र २०७६, बिहीबार ०६:१०    

एउटा अदृश्य शक्ति जसले मानव जातिलाई नियंत्रण गर्छ
प्रा. डा. दुर्गा दाहाल

      शिव अथवा ब्रह्मा । यो सुन्दर संसारको सृष्टिकर्ता । प्रकृतिलाई पूजा वा आराधना गरेर प्राकृतिक नियमहरूको पालना गर्दै यो पृथ्वीमा शान्तिपूर्ण ढंगले सह- अस्तित्वको आधारमा बस्नु भन्ने सन्देश हामी वेद अथवा उपनिषदहरूमा पढन पाउँछौँ ।

यो संसार कसैको पेवा रहेनछ । उहिल्यैका कुरा खुईलिए भनेर पनि नहुँदो रहेछ । जान्ने बुझ्ने भए पछि प्रत्येक व्यक्तिले आँफैसंग तीनवटा प्रश्न गर्नु पर्दों रहेछ स्वविवेकले । यी तीनवटा प्रश्नको जवाफ सही अथवा ग़लत जे पनि आउन सक्छ । सही जवाफ आयो भने त्यो व्यक्ति सही बाटोतिर लाग्छ भने  ग़लत उत्तर आएमा ग़लत बाटोमा जान्छ र दुवैले के- कस्तो परिणाम भोग्छन, मैले यहाँ व्याख्या गरि रहनु नपर्ला । ती स्वविवेकले सोध्ने प्रश्नहरू हुन :

PlutonicTech

१. म यो संसारमा किन आएँ ?
२. अबको मेरो दायित्व र कर्तव्य के हो ?
३. मेरो भूमिका मैले कसरी कहाँ निर्वाह गर्नु पर्छ ।

यो कुरा कसैले कसैलाई बुझाएर हुन्न । आफ्नै ब्रह्म र विवेकले स्वनिर्णय गर्नु पर्ने हुन्छ । हामीले अठार वर्ष माथिका बाल
– बालिका हरूलाई सल्लाह- सुझाव दिएर पनि केही हुँदैन किनभने उनीहरू आफ्नो दिमाग़ अथवा उनीहरूको साथीसमूहको प्रभावमा परि सकेका हुन्छन ।

सत्य सर्वव्यापी र शाश्वत हुन्छ । सत्य कहिल्यै लुप्त हुँदैन । यो सुप्त अवस्थामा रहेता पनि एकदिन अवश्य जागृत हुन्छ ।  संसारका सबै मानिसहरूले यो बुझ्नु आवश्यक छ कि  ईश्वर अथवा भगवान सबै महादेशमा विभिन्न नामले चिनिन्छन तर सबैको एकमात्र उद्देश्य मानव जातिको हितका निम्ति काम गर्नु हो । भगवानको बास कुनै विशेष जाति, वर्ग, सम्प्रदाय, धर्म अथवा भूगोलमा नभएर मानवजातिमा हुन्छ । सबै धर्म समान छन, महान छन । कुनै व्यक्ति उँच- नीच हुँदैन परमात्माका अगाडि । कुनै ख़ास जाति ठूलो- सानो हुँदैन । सबैका वेश-भूषा र खाद्यपदार्थ अलग- अलग भएता पनि तिनीहरूको सम्मान गर्नु पर्छ । सबै भाषा, साहित्य, सँस्कृति हरूको अस्तित्वलाई स्वीकार्दै सहकार्य गर्नु पर्छ ।

Bhatta Law & Associate

हामीले यो पनि बुझ्नु आवश्यक छ कि यो प्रकृति र संसारको निर्माण गरि हामीलाई चलाउने एउटा अदृश्य शक्ति छ । विश्वास गर्ने या नगर्ने तपाईँ हाम्रो मानसिकताको विषय हो तर एउटा शक्ति अवश्य छ जसले    क़रीब एकसय वर्षको दरमियानमा एकचोटि आफ्नो शक्ति प्रदर्शन गरि मानव जातिलाई नियंत्रण गर्छ ।

संसार सुन्दर थियो । तर क्रमश: हामीले संसारिक नियमहरूको उल्लंघन गरि हामी बस्ने, खाने, खेल्ने र सुत्ने ठाऊँलाईनै कुरूप बनाउँदै गएका छौँ । अत: हामीले आजको दिनमा हाम्रा आधारभूत मानवीय गुणहरूको पालना गर्नु पर्छ ।
१. विश्वसनीयता
२. मानवीयता
३. साँस्कृतिक सौहार्दता
४. सामाजिक दायवद्धता
५. तत्वज्ञानको कुशलता

साराँशमा भन्नु पर्दा, आजको मानव सभ्यतालाई दृष्टिगत गर्दा हामीले प्रकृति,  अध्यात्मवाद, विज्ञान र प्रविधि तथा राजनीतिलाई समन्वय गरि सन्तुलित ढंगले मिलाएर लैजान सक्नु पर्छ ।

सत्यम, शिवम, सुन्दरमको महानवाणीलाई हृदयंगम गरौँ ।


२७ चैत्र २०७६, बिहीबार ०६:१० मा प्रकाशित