क्वीन्सका काउन्सील मेम्बर कोष्टापनि कोरोना संक्रमित श्रीमतीको आइसीयुमा उपचार हुंदै

दूरबिन नेपाल     २९ चैत्र २०७६, शनिबार ०२:२८    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्कको क्वीन्सका काउन्सील मेम्बर कोष्टा कन्स्टान्टीनीड्सको परिवारपनि कोभिड १९ बाट संक्रमित बनेको छ । न्युयोर्कको नेपाली समुदायमा परिचित कोष्टाले आफु र आफ्नो श्रीमती लोरी कोरोना भाइरसबाट संक्रमित भएको ट्वीट गरेका छन । उनले आफ्नो ट्वीटमा श्रीमती अस्पतालमा भर्ना भएको र उनले अक्सिजन लिइरहेको बताएका छन । कोष्टाले आफुपनि सेल्फ आइसोलेसनमा बसिरहेकोले १२ दिनदेखि छोरालाईपनि भेट्न नपाएको उल्लेख गरेका छन । श्रीमती लोरी डायबिटीजको बिरामी भएको र उनको मिर्गौला ट्रान्सप्लान्टको तयारी भइरहेको रहेको कोष्टाले जनाएका छन । क्वीन्स क्षेत्र तथा न्युयोर्कमा कोरोनाका कारण धेरै क्षति भएको र धेरैले ज्यान गुमाएकोप्रति पनि दुख व्यक्त गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन ।


२९ चैत्र २०७६, शनिबार ०२:२८ मा प्रकाशित