न्युयोर्कमा क्वारान्टाईनमा बस्नु पर्ने भएमा अब निशुल्क होटल पाईने

दूरबिन नेपाल     ३० चैत्र २०७६, आईतवार ०१:५१    

Anil Baral Real Estate

अमेरिका । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल पाईने भएको छ । अधिकारले आज जारी गरेको सुचनामा त्यसका लागि केही शर्त भने पालना गर्नु पर्ने छ ।

 

सुचना!

 

कोभिड – १९ मा पोजिटिभ देखिएपछि क्वारान्टाईन (संगरोधन – अर्थात अलग्गिएर बस्नु पर्ने अवस्था) आई लागेकाहरुलाई विषेश बसोबासको व्यवस्था मिलाउनको लागि अधिकारले काउन्सिल मेम्बर ड्यानिल ड्रोम र न्यू योर्क शहरको स्वास्थ तथा अस्पताल सेवा NYC Health & Hospital (H +H) संग मिलेर काम गर्दै आएको थियो। हाम्रो यो वकालतको नतिजा बारे निम्न जानकारीहरु यहाँहरुलाई दिन चाहन्छौं:

 

जरुरी जानकारी: यो निर्देशिका न्यू योर्क शहरको स्वास्थ तथा अस्पताल सेवा NYC Health & Hospital (H +H) अन्तर्गतका अस्पतालहरमा मात्र लागु हुन्छ। एल्महर्स्ट हस्पिटल (Elmhurst Hospital) पनि यसमा पर्छ। https://www.nychealthandhospitals.org/hospitals/

H+H का अनुसार यदि तपाईंले निम्न शर्तहरु पुरा गर्नु भएको खण्डमा १४-दिने क्वारान्टाईनमा पर्नु भएको छ भने सबै खर्च तिरिएको होटेलको कोठाको माग गर्न सक्नु हुन्छ:

१. तपाईं Health and Hospital (H+H) अन्तर्गतको अस्पतालमा आकस्मिक सेवा (ईमरजेन्सी) मा भर्ना हुनु भएको थियो र अस्पतालले तपाईंलाई स्वयम क्वारान्टाईनमा बस्न भनि पठाएको छ भने,
वा

२. तपाईं अस्पतालमा भर्ना हुनु भएको थियो र उपचार पश्चात अस्पतालले तपाईंलाई घर पठाउन लागेको बेलामा यो सेवा लिन सक्नु हुनेछ

यो सेवा पाउनको लागि तपाईंले अस्पतालबाट घर जाने बेलामा यसको माग गर्नु पर्ने हुन्छ। यदि तपाईंलाई नेपाली दोभाषेको सेवा चाहियो भने 311 मा फोन गरेर त्यसको पनि माग गर्न सक्नु हुनेछ।

अस्पतालबाट घर जाँदा क्वारान्टाईन अर्थात अलग्गिएर बस्न परेकाहरुका लागि Health and Hospital (H+H) ले नि:शुल्क होटेलको कोठा सहित खानपिनको पनि व्यवस्था गर्नेछ। त्यसको साथै अन्य रोगको लागि विषेश हेरचाह, होम केयर र स्ववाभ बारे स्वास्थ (Behavioral Health) सेवा पनि उपलब्ध गराईनेछ। तर होटेलमा आईसियू (ICU) को सेवा भने पाईंदैन। Health and Hospotal (H+H) ले आफू संग आवद्ध नरहेका होटेलहरुसंग पनि सहकार्य गर्न सक्छ, तर यस्ता होटेलहरुमा भने खानाको मात्र व्यवस्था हुन्छ।

हामीले H+H लाई जानकारीका सुचनाहरु विभिन्न भाषाहरुमा छापेर अस्पतालको ढोकाहरुमा टाँस्न र प्रवेशद्वारमा बस्ने कर्मचारीहरु र सुरक्षाकर्मीहरुलाई पर्चाहरु बाड्न लगाउन पनि अनुरोध गरेका छौं। एल्महर्स्ट हस्पिटलमा भने यस बारे तयारी शुरु गरिएको छ।

अधिकारले आउँदो हप्ता यसबारे थप जानकारीहरुका साथ एउटा जानकारी मुलक भिडियो बनाउँदै छ।


३० चैत्र २०७६, आईतवार ०१:५१ मा प्रकाशित