गगन थापाको प्रधानमन्त्रीलाई प्रश्न : दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?

दूरबिन नेपाल     ४ बैशाख २०७७, बिहीबार २१:३७    

Anil Baral Real Estate

अमेरिका । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सदस्य गगन थापाले सडकमा विचल्लीमा परेका जनता देखेर तपाइलाई कस्तो लाग्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सँग प्रश्न गरेका छन् । फेसबुक स्टाटसमा उनले जनतालाई यस्त्तो हालतमा छोडेर हामी जोगिनुको के अर्थ समेत भनेका छन् । 

 

उनले आफु जनप्रतिनिधि हु भन्न पनि लाज लागेको लेखेका छन् । थापाले स्टाटसमा लेखेका छन्,’प्रधानमन्त्रीज्यू,दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ?मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ!’

 

थापाले अब पनि केही नगर्ने हो भने जनताको आँसुले पोल्ने बताएका छन् ।’ केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं।’


४ बैशाख २०७७, बिहीबार २१:३७ मा प्रकाशित