अमेरिकामा रहेका पत्रकार तामाङ्ग भन्छन्,’नयॉ जीवन पाएँ !’

दूरबिन नेपाल     ५ बैशाख २०७७, शुक्रबार १८:३७    

Anil Baral Real Estate

अमेरिका । अमेरिकामा रहेका पत्रकार मानछिरिङ्ग तामाङ्गले  आफुले नयाँ जीवन पाएको बताएका छन् । विरामी भएको २८ दिन पछि आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै तामाङ्गले पछिल्लो समयको आफ्नो पीडादाइ जीवनको स्मरण गरेका छन् ।

नयॉ जीवन पाएँ !

 

गत मार्च २२ तारिखका दिन आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनीज्वाइं एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवाज्यूलाई सबै जानकारी गराएँ । उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनु भयो । उहॉसंगै म न्यूयोर्क आएँ । न्यूयोर्क आएपछि झन मलाई ज्वरोपनि आउन थाल्यो । खानाको स्वादपनि थिएन । आफुलाई निकै कमजोर महसुस गरेको थिएँ ।

 

बहिनी ज्वाइंपनि निकै चिन्तित हुनुहुन्थ्यो । २६ तारिखका दिन ज्वाइंले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेष्ट गराउनु भयो। तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाइंले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो। त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनको लागि सरें । मलाई त्यहाँ बहिनी दावा शेर्पाले विहानदेखि सॉझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।

एवंरीतले मेरो रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो । हल्का खोकी थियो , त्यो तातोपानी पिउँदै गरेर आफसेआफ ठीक भयो । कोभिड टेष्टको १५ औं दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाइंले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो ।

आज विरामी भएको २८ दिन पुरा भएको छ । मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठीक भएको महशुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु । यतिखेर मलाई कोरोना भारसदेखि बॉचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मेरो बहिनी ज्वाई लुइसाङ वाइवाज्यू र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु ।

 

 

यस्तैगरी हरेक सॉझ- बिहान मलाई सम्पर्क गरेर सम्झाईबुझाई गर्नु हमने , सकारात्मक आत्मबल दिनुहुने कुमारी नाना, टेक दाई, रञ्जु भाउज्यू, काशी बहिनी, गंगा भेना, राजन गौली सर, स्मृति बहिनी, विमला बहिनी, नारायण परियार भाई, आस घर्ती मगर भाई, भाञ्जीज्वाई रुबी-कर्मा, कान्छा भाइलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु । हरेक साँझ विहान मलाई खानपिनको व्यवस्था गरिदिनुहुने टेकदाई, रञ्जु भाउज्यू, र काशी बहिनीलाई दुई हात जोडेर नमन गर्न चाहन्छु ।

यस्तैगरी मलाई प्रोत्साहन, हौसला र आत्मबल बढाउन बारम्बार फोनबाट आवश्यक सल्लाह र सुझाव दिनुहुने तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङज्यू, समाजसेवी भरत मोक्तानज्यू, इन्द्र तामाङज्यू, नेपाली जन सम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङज्यू, एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीज्यू , धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दीवाकर पाण्डेज्यू, एवं उपाध्यक्ष भक्त गुरुङज्यूलगायत मलाई प्रतक्ष र परोक्षरुपमा सुस्वास्थ्यको कामना गर्नु हुने सबैप्रति नमन गर्दछु । साथै कोभिड – १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन पनि बिनम्रतापूर्क अनुरोध गर्दछु ।


५ बैशाख २०७७, शुक्रबार १८:३७ मा प्रकाशित