राष्ट्रपति ट्रम्पद्वारा आर्थिक सहायता कार्यक्रममा हस्ताक्षर रोजगारदाता र अस्पतालहरुलाई थप सुबिधा

दूरबिन नेपाल     १२ बैशाख २०७७, शुक्रबार १७:३४    

Anil Baral Real Estate
अमेरिका, २४ अप्रिल।  राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ४ सय ८४ बिलियन डलरको बिलमा हस्ताक्षर गरेका छन् । कोरोनाभाइरस महामारीको कारण अधिकांश ब्यबसायहरु बन्द रहेको अबस्थामा राहात पुर्याउने उद्देस्यले यो बिल ल्याइएको छ ।
महामारीबाट नौ लाख भन्दा बढी संक्रमित, पचास हजार भन्दा बढीको मृत्यु तथा करिब २ करोड ६० लाख(हरेक ६ अमेरिकनमा १ बेरोजगार) बेरोजगार भएको कारण राहत दिनको लागि यो प्याकेज ल्याइएको छ।  अस्पताल र राष्ट्रव्यापी परीक्षण कार्यक्रमको लागि एक सय अरब डलरको साथै साना बैंकलाइ ६० अरब डलर दिने भएको छ । साना व्यवसायका लागि ६० बिलियन डलर छुट्ट्याएको छ।

१२ बैशाख २०७७, शुक्रबार १७:३४ मा प्रकाशित