अनलाइन साहित्यिक सम्मेलनको दोस्रो भाग सम्पन्न

दूरबिन नेपाल     १५ बैशाख २०७७, सोमबार १९:०३    

Anil Baral Real Estate

दूरबिन नेपाल, अमेरिका
एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको दोस्रो अनलाइन साहित्यिक सम्मेलन सम्पन्न भएको छ । अप्रिल २६ तारिख आइतबार सम्पन्न भएको साहित्यीक सम्मेलनमा श्रष्टाहरुले कविता, गजल गीत र मुक्तक वाचन गरेका थिए । कार्यक्रममा कवि तथा साहित्यकार पीपलमणि सिग्देल र हरि काफ्ललेले छन्द कविता बाचन गरेका थिए । त्यस्तै बाबु आचार्यले गीत तथा विष्णुमाया खनालले गीती कविता सुनाएका थिए । सम्मेलनमा सतिश त्रिपाठी, उर्मिला जोशी, गीता बजगाई, राजेन्द्र कार्की, कृष्ण घिमिरे, दिनबन्धु पोखरेल, सर्वज्ञ वाग्ले, शान्ता अधिकारी, कृष्ण गिरी र बाबु आचार्य लगायतका साहित्यानुरागीहरुले आफ्ना श्रृजनाहरु सुनाएका थिए । श्रष्टाहरुले वाचन गरेका कविता तथा गीत अधिकांश समसामयिक विषयवस्तुसंग सम्बन्धित थिए । रचनाहरुमा कोरोना भाइरसको त्रास तथा बच्ने उपायकाबारेमा पनि रचनाहरु बाचन गरिएको थियो । एनआरएन एनसिसि युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेके स्वागत मन्तव्यबाट सुभारम्भ भएको कार्यक्रमको संचालन, समितिका उपाध्यक्ष पीपलमणि सिग्देल तथा एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्लले गरेका थिए ।

 

हरेक महिनाको अन्तिम आइतबार अमेरिकाको पूर्वीय समयअनुसार बेलुकी ९ बजे अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमोजिम यो दास्रो कार्यक्रम थियो । योग प्रशिक्षक सुरेश भट्टले योगमहिमाको विषयमा समेत चर्चा गर्नुभएको थियो । समितिका संयोजक सर्वज्ञ वाग्लेको अध्यक्षतामा केही हप्ता पहिले बसेको बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएको थियो । सो बैठकमा समितिका उपसंयोजकहरु पीपलमणि सिग्देल र डा. ईश्वरी पाण्डे तथा सतिश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमोहन तिवारी, रमा खतिवडालगायतका सदस्यहरुको सहभागिता रहेको थियो । सो पहिलो बैठकमा उपसंयोजक तथा सदस्यहरुले पनि भावी योजनाका विषयमा आ–आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुको डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएको थियो ।

तस्विर सांकेतिक


१५ बैशाख २०७७, सोमबार १९:०३ मा प्रकाशित