नेपालको राजनीतिक घटनाक्रममा नेपाली समाज अमेरिकाको चासो राजपा र समाजवादी एकताको स्वागत, सरकारी क्रियाकलापको विरोध

दूरबिन नेपाल     १६ बैशाख २०७७, मंगलवार ०३:०२    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, न्युयोर्क
नेपालमा हालै भएको राजनीतिक घटनाक्रमका सन्दर्भमा नेपाली समाज अमेरीकाले चासो व्यक्त गरेको छ । समाजले एक बिज्ञप्ति जारी गर्दैै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भै जनता समाजवादी पार्टी बनेकोमा स्वागत गरेको छ । समाजले विज्ञप्तिमा आगामी दिनमा पद र सत्ताको स्वार्थमा नलागी निस्वार्थ रुपले मुलुकमा थाँती रहेका संविधान शंशोधन, समावेशिता लगायताका विषयमा ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

 

समाजले विज्ञप्तिमा सरकारी कदमको विरोध गरेको छ । सरकारले पछिल्लो समयमा हतारमा अध्यादेश ल्याउने र फिर्ता लिने कार्यले राजनीतिक अस्थिरतालाई बढावा दिएको र अन्य दल विभाजनको मनसाय रहेकोमा आपत्ती जनाएको छ । मुलुक कोरोना भाइरसको त्रासका कारण लक डाउनको अवस्थामा रहेको बेला सरकारले आफ्नो अभिष्ट पुरागर्न अध्यादेश ल्याउने र सांसदलाई गुण्डागर्दी शैलीमा अपहरण गर्ने कार्यप्रती घोर आपत्ति व्यक्त गरेको समाजको विज्ञप्तिमा उल्लेख छ । तत्कालीन समाजवादी पार्टीलाई विभाजन गर्ने ध्येयले ल्याइएको अध्यादेश र सांसद अपहरण काण्डमा प्रधानमन्त्री ओलीकै संलग्नताको आरोप लाग्नु विडम्बनापुर्ण भएको समाजले जनाएको छ । समाजले सांसदको अपहरणको आरोप लागेका नेकपा सांसद्वय महेश बस्नेत र किसान श्रेष्ठ एवं पूर्व आइजीपी सर्वेन्द्र खनालमाथी कारवाही गर्नपनि समाजले माग गरेको छ । त्यसैगरी किर्तीपुरमा राहत वितरणको क्रममा समाजवादी दल सम्बद्ध विद्यार्थीहरुमाथी गरीएको धरपकड र आक्रमणको भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग समाजले गरेको छ । समाजले बिभिन्न मुलुकमा अलपत्र तथा बिपतमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धारको माग पनि गरेको छ । अध्यक्ष समीर महर्जन र महासचिव मनु लोहोरुंगद्वारा हस्ताक्षरित सो ज्ञापनपत्रमा प्राण घातक कोरोनाको कहर सम्पूर्ण विश्वले खेपी रहेको सन्दर्भमा र बिशेष गरी अती प्रभावित क्षेत्र न्यु योर्क र अमेरिकाबाट यस्तो अवस्थामा राजनीतिक छलफल वा कुनै टिका टिप्पणी गर्ने मनसाय नभएपनि मातृभुमीमा उत्पन्न परिस्थितिको कारण बिज्ञप्ति जारी गर्नु बाध्यता भएको उल्लेख गरीएको छ ।

समाजको अनलाइन बैठक सम्पन्न

अमेरिका स्थित समाजका केन्द्रीय सदस्य केशब राम राईका अनुसार जनता समाजवादी पार्टीका नेता पुर्व मंत्री राजेन्द्र श्रेष्ठसंग हालै अमेरिका र क्यानाडाका नेपाली समाज सम्बद्ध पदाधिकारीहरु बीचमा भाइबर मार्फत कन्फरेन्स मिटिंग गरी पार्टी एकीकरण र भावी रणनीतिबारे बारे छलफल गरिएको थियो । सो बैठकमा समाजका अध्यक्ष समीर महर्जन, डी एम भी पी च्याप्टर अध्यक्ष मिलन राई, न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष र क्यानाडा प्रतिनीधि चन्द्र ध्वज राईले समसामयिक बिषयमा प्रश्न राखेका थिए ।

 

सुरेश चाम्लिङ्ग न्युयोर्क बाट

 


१६ बैशाख २०७७, मंगलवार ०३:०२ मा प्रकाशित