अमेरिकामा नेपालीहरुले सञ्चालन गरेको एभरेष्ट क्रेडिटलाई ऋणदाताको मान्यता 

दूरबिन नेपाल     १६ बैशाख २०७७, मंगलवार १६:२५    

Anil Baral Real Estate

अमेरिका । अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनले  स्मल बिजिनेस एड्मिनिस्ट्रेसन ( एस बि ए ) बाट कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता( लेन्डर ) बित्तिय संस्थाको रुपमा मान्यता पाएको छ ।

युनियनका व्यवस्थापक विराज रिजालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइए अनुसार एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिए संगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार ब्यवसायलाई महामारीको समयमा पेरोल प्रोटेक्सन प्लान ( पि पि पि ) ऋण दिने अधिकार प्राप्त भएको छ ।

पि पि ऋणको लागि नेपाली ब्यवसायीले एभरेस्ट फेडरल क्रेडिट युनियनको सदश्यता लिएर ऋणको लागि तत्कालनै आबेदन दिन सक्ने ब्यबस्था मिलाईएको छ । एभरेस्टबाट प्राप्त गरिने पि पि पि ऋण अनुदानका रुपमा वा १ प्रतिशतको न्युन ब्याजदरमा उपलब्ध गराईने छ ।

ऋणलिन ईच्छक ब्यक्तिले [email protected] मा संपर्क गर्नु पर्दछ । थप जानकारीको लागि www.everestfcu.org अथवा www.sba .gov हेर्नु सकिने जनाइएको छ ।


१६ बैशाख २०७७, मंगलवार १६:२५ मा प्रकाशित