बलिउड अभिनेता इरफान खान रहेनन क्यान्सरका बिरामी खानकोे मुम्बइमा निधन

दूरबिन नेपाल     १७ बैशाख २०७७, बुधबार १६:०४    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, अमेरिका
बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षीय खानको भारतको मुम्बइस्थित अस्पतालमा मृत्यु भएको परिवार श्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन । क्यान्स पीडित खानलाई अघिल्लो हप्ता अस्पताल भर्ना गरिएको थियो । सन २०१८ मा क्यान्सरबाट संक्रमित भएपछि खानको उपचार बेलायत स्थित अस्पतालमा गरिएको थियो । क्यान्सको उपचारगरी बेलायतबाट फर्केपछि फेरी चलचित्रमा सक्रिय रहेका खान पहिले जस्तो स्वस्थ नदेखिएको उनका सहकर्मीहरुले बताउछन ।

सन १९८० को दशकदेखि भारतीय टेलिभिजनमार्फत रंगमञ्चमा देखिएका खान कुशल र जिवन्त अभिनयका लागि लोकप्रीय थिए । खानले व्यवसायिक तथा कला चलचित्र दुवै विधामा आफुलाई अब्बल सावित गरेका छन । ओस्कर विजेता चलचित्र स्लमडग मिलीनियरबाट विश्व चलचित्रमा प्रख्यात बनेका खानले धेरै बलिउड चलचित्रमा समेत अभिनयगरी प्रशंसा बटुलेका छन । हलिउड चलचित्र लाइफ अफ पी, द नेमसेकबाट हलिउडमा समेत लोकप्रीय बनेका खानलाई मकबुल, हासिल, पान सिंङ तोमार, पिकु, द लञ्च बक्स र हिन्दी मिडियम जस्ता चलचित्रले बलिउडका स्टार अभिनेतामा उभ्याएको थियो । भारतको चर्चित आरोसी हत्याकाण्डमा आधारीत तलवार नामक चलचित्रमा खानले गरेको एक अनुसन्धानकर्ताको भुमिकाको धेरैले प्रशंसा गरेका थिए ।


भारतको राजस्थानको मध्यम वर्गीय परिवारमा जन्मेका इरफान १८ बर्षको हुंदा पिताको मृत्यु भएको थियो । इरफानको अनितम चलचित्र सन २०१९ मा बनेको अंग्रेजी मिडियम हो । जुन सन २०१७मा निर्मित हिट चलचित्र हिन्दी मिडियमको रिमेक हो । खानका श्रीमती र दुई छोराहरु छन ।


१७ बैशाख २०७७, बुधबार १६:०४ मा प्रकाशित