कोरोनाले मृत्य भएका राईको दाह संस्कार सम्पन्न

दूरबिन नेपाल     २० बैशाख २०७७, शनिबार ०३:१९    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, न्युयोर्क
अमेरीकाको न्यु योर्कमा कोरोनाको कारण निधन भएका बिष्णु कुमार राईको विहिवार दाहसंस्कार सम्पन्न भएको छ । न्यु जर्सीको रुबी मेमोरिएल फुनेरल तथा क्रिमासन सर्भिसमा राईको अन्त्येष्टि गरिएको थियो । न्युयोर्कको घना नेपाली बस्ती ज्याक्सन हाइट स्थित एल्महर्स्ट अस्पतालमा कोरोना उपचारको क्रममा गत मार्च २७ मा निधन भएका ७१ वर्षीय राईका आफन्त अमेरिकामा नहुंदा हात्तिबिसा नक्शालबारीमा रहेकी राईकी भान्जी सपना देबी राईलाई खबर गरिएको थियो । मृतक राईकी भान्जिलाई उनका साथीले खबर गरेका थिए । राईकी भान्जीले नेपाली बाणिज्य दुतावास न्युयोर्कमा सम्पर्क गरेपछि बाणिज्यदुत पुष्पराज भट्टराइले अमेरीका स्थित युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकालाई खबर गरेका थिए । अर्गनाइजेसनकी अध्यक्ष मुना राईले मृतक राईका आफन्तहरुसंग सम्पर्क गरी दाहसंस्कारको स्वीकृति प्राप्त गरेृकी थिइन । अर्गनाइजेसजकी अध्यक्ष राईका अनुसार, अहिले न्युयोर्कमा अत्यधिक संख्यामा मानिसहरुको मृत्यु भएको र फुनेरल हाउसहरुपनि व्यस्त भएकोले मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीको पहलबाट बाल्टिमोर स्थीत गैर नाफा मुलक संस्था फ्रेन्ड्स अफ स्पार्चको खर्चमा मृतक राईको अन्त्येष्टि गरिएको थियो । उनको अस्तु आफन्तलाई पठाउन समेत सो संस्थाले पहल गर्ने अध्यक्ष मुना राईले बताएकी छिन । विपदको घडीमा सहयोग गर्ने ह्यारी भण्डारी लगायत सबैलाई किरात राई अर्गनाजेसनका तर्फबाट अध्यक्ष मुना राईले धन्यवाद दिइन ।

भोजपुर जिल्लामा जन्मेका स्वर्गीय बिष्णु कुमार राईका बाजे क्याप्टेन गंजबीर राई र बुबा मेजर सुर्ज मान राई हुन भने आमा फूलमाया राई हुन मृतक राई पनी कुनैबेला इन्डियन आर्मीमा मेजर थिए । भारत पाकिस्तानविच सन १९७१ को युद्धमा लडदा गोली लागी घाइते भएका राई इन्डियन आर्मीको जागीर पश्चात काठमान्डु बाँसबारी स्थित नविल बैंकको सुरक्षा बिभागमा काम गरेका थिए । उनले बाँसबारी मै स्प्रिंगडेल नामक स्कुल संचालन गरेका थिए भने २७ वर्ष अघि अमेरीका आएका थिए । नेपालमा आफनी भान्जिीसंग बेला बेलामा कुरा भइरहने राई अविवाहित थिए ।स्वर्गीय राई मृगौलाको रोगी भएको र उनको उपचारको लागी न्युयोर्क स्थित अधिकार संस्थाका डाइरेक्टर नर्वदा क्षेत्री, माया गुरुङ लगायतको टीमले सहयोग गर्दै आएका थिए ।


२० बैशाख २०७७, शनिबार ०३:१९ मा प्रकाशित