कोरोनाको उपचारमा एउटा औषधिलाई स्वीकृति , ४ वटा आँउदै 

दूरबिन नेपाल     २१ बैशाख २०७७, आईतवार १९:५६    

Anil Baral Real Estate


दूरबिन संबाददाता
अमेरिका । मे ३     अमेरिकाले कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमितको उपचारका लागि रेम्डेसिभिर नामक औषधिलाई आपतकालीन प्रयोगको स्वीकृति प्रदान गरेको छ । एक हजार भन्दा बढि कोरोना संक्रमित बिरामीमा गरिएको क्लिनिकल परिक्षण पछि प्राप्त नतिजाका आधारमा रेम्डेसिभिरले  स्वीकृति पाएको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) मा कोरोना भइरसको विरुद्ध उपचारमा आपतकालिन 
स्वीकृति लिन आवेदन दिएका ५ वटा कम्पनी मध्ये अमेरिकको कम्पनी गिलियडद्वारा उत्पादित रेम्डेसिभिरले मात्र  स्वीकृति पाएको छ । स्वीकृति पाए लगतै गिलियडले १५ लाख डोज अमेरिकी सरकारलाई निशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।


गिलियडले हेपाटाइटिस सी विरुद्ध काम गर्ने प्रभावकारी औषधि समेत निर्माण गरेको थियो । सो कम्पनीले  इबोला र मारबर्ग भाइरसको उपचारका लागि रेम्डेसिभिर निर्माण गरेको हो ।  इबोला र मारबर्ग भाइरसलाई निस्तेज गर्न रेम्डेसिभिर सफल दहरियो । अहिले सोही समुहको कोरोना भाइरसको प्रभाव कम गर्न गरिएका परीक्षणमा रेम्डेसिसभर एक हदसम्म सफल देखिएको छ । अनुसन्धानबाट यो औषधिले कोरोना संक्रमितको उपचार अवधि छोटो बनाएको छ । कोरोना भाइरसका कारण गंभिर समस्या लिएर अस्पताल पुगेका बिरामीमा यो औषधि प्रयोग गरेपछि आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने अवस्था नआउँदै बिरामी घर फर्किएका छन् । 


रेजेनेरोन, रोच, क्यालसी मेडिकल र क्याडीले उत्पादन गरेका औषधि पनि कोरोना संक्रमित बिरामीमा क्लिनिकल परिक्षण भइरहेको छ । यी कम्पनीका औषधिले पनि कोरोना संक्रमित बिरामीको उपचारलाई सहज बनाएको छ । यी कम्पनी पनि अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) मा आपतकालीन परीक्षणको स्वीकृतिको अनुमति कुरीरहेका छन् । 

 

स्रोत: स्वास्थ्य पत्रपत्रिका र एफडीए
 


२१ बैशाख २०७७, आईतवार १९:५६ मा प्रकाशित