जब पाँच बर्षीय बालकले हाइवेमा गाडी कुदाए दुइ लाखको कार किन्न जांदा तीन डलर गोजीमा

दूरबिन नेपाल     २३ बैशाख २०७७, मंगलवार २२:५६    

Anil Baral Real Estate

दूरबिन नेपाल, अमेरिका
उमेर पाँच बर्ष, खल्तीमा तीन अमेरिकी डलर, उद्धेश्य दुई लाख डलरको ल्याम्बोर्गीनी कार किन्नु । आफैले गाडी हांकेर हाइवेमा सरर । घटना यति नै हो । तर यसको सविस्तार भने अनौठो छ ।

 

प्र्रसंग शुरु हुन्छ, एक पाँच बर्षीय बालकले हाइवेमा गाडी चलाइरहेको घटनाबाट । अमेरिकी हाइवे सडकमा तोकिएको गतिमा यदि सवारी नहांक्ने हो भने दुर्घटना अवस्यंभावी मानिन्छ । अर्को तर्फ सवारीको गति बढी भएमा वा कम दुवै अवस्थामा दुर्घटनाको डर हुन्छ । तर ती बालकले ३० को दरमा गाडी कुदाइरहेका थिए, त्योपनि ट्राफिक नियमको उलंघन गर्दै । धेरैलाई लाग्यो कि कुनै खराव ड्राइभरले गाडी कुदाइरहेको छ । युटाह राज्यको राजमार्गमा भएको सो घटना त्यतिबेला बल्ल आश्चर्यजनक रुपमा बाहिर आयो, तव हाइवेको प्रेट्रोलिङ गर्ने प्रहरीले ३० माइलको कतिमा सवारी चलाइरहेका खराव ड्राइभर भनिएका एक पाँच बर्षीय बालकलाई समात्यो । घटना खोतल्दै जाँदा प्रहरीमात्र अचम्मित भएन सुन्ने सबैले आश्चर्य मान्न थाले । हाइवेमा सवारी चलाउने ती पांच बर्षीय बालकले आफ्ना बाबु आमाको एसयुवी कार लिएर क्यालिफोर्नीया जांदै थिए । उनी क्यालिफोर्नीया जाने कारण पनि चाखलाग्दो छ । आमाबाबुको एसयुभी कार लिएर उनी ल्याम्बोर्गिनी कार किन्न जांदै थिए । धेरैलाई थाहा हुन सक्छ ल्याम्बोर्गिनी कारको मुल्य दुइ लाख अमेरिकी डलर पर्छ । दुइ लाख मुल्यको कार किन्न हिंडेका बालकको गोजीमा थियो जम्मा तीन अमेरिकी डलर । प्रहरीका अनुसार ती बालकले आफ्नी आमासंग ल्याम्बोर्गिनी कारको माग गरेर बहस गरेका थिए । तर जब आमाले त्यो किन्न नसकिने भन्दै उनलाई कारमै छोडेर हिडिन तब ती बालकले कार आफै चलाएर हाइवेको यात्रा शुरु गरेका थिए । भाग्य बलियो रहेछ । सो घटनामा कसैलाई केही भएन । बेलैमा खबर पाएर प्रहरीले घटनालाई सजिलै नियन्त्रणमा लियो । सो घटनाको भिडियो फुटेजमा ती बालक हट्टाकट्टा देखिन्छन भने उमेर पनि पाँच बर्षभन्दा धेरै हुन सक्ने अनुमान धेरैले गरेका छन । घटनालाई हेरीरहेका प्रहरी अधिकारी रिक मोर्गनले बच्चलाई एक्लै त्यसरी छोड्ने आमाबाबु विरुद्ध उजुरी गरिएको जनाएका छन ।

सिएनएनको रिपोर्टमा आधारित


२३ बैशाख २०७७, मंगलवार २२:५६ मा प्रकाशित