विदेशमा रहेका काँग्रेसीहरुको ‘जुम बैठकमा चिन्ता,-गुटबन्दीले पार्टी सकिन्छ’ जनसम्पर्कको अधिवेशनमा काठमाडौबाट नेता बोलाउन आवश्यक छैन् : सिटौला

दूरबिन नेपाल     २४ बैशाख २०७७, बुधबार ०२:३८    

Anil Baral Real Estate

बिष्णुहरि घिमिरे-दूरबिन नेपाल 

अमेरिका । विश्वभर छरिएका नेपाली काँग्रेसका कार्यकर्ताले मौलाउदो गुटबन्दीले पार्टी सकिने चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण पछि फस्टाएको ‘जुम भिडियो’ बैठकमा सहभागिहरुमा यस्तो चिन्तन देखिएको हो । जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको संयोजनमा मंगलवार भएको ६ घण्टा लामो  भिडियो बैठकमा बोल्ले अधिकांसले पार्टी नेताहरुसँग गुटको राजनीति छाड्न आग्रह गरे । यस्तै काँग्रेस शीर्ष नेताहरुले भने विदेशमा बस्ने कार्यकर्ताले गुट खडा गरेका आरोप लगाए ।

 

काग्रेस पूर्व-महामन्त्री कृष्ण सिटौला, पूर्व सह-महामन्त्रीद्वय अर्जुननरसिंह केसी र डाक्टर रामरशण महतको उपस्थितिमा  भएको छलफलमा विश्वभर रहेका ढेड सय भन्दा बढी काँग्रेस कार्यकर्ताले सहभागिता जनाएका थिए ।

 

लगभग पाँच घण्टा सम्म कार्यकर्ताको गुनासा र सुझाव सुनेका सिटौलाले सिद्धान्त र व्यवहारबीचमा अन्तर भएकाले नेपालीले दु:ख पाएको बताए । कार्यक्रममा बोल्ने अधिकांसले नेपालमा रहेका नेताहरुले गुटबन्दी गरेको गुनासो गरेका थिए । तर सिटौलाले विदेशमा रहेका  काँग्रेस कार्यकर्ताले गुट खडा गरेको आरोप लगाए । ‘जनसम्पर्क समितितको नाममा नेतालाई विदेश लैजाने र गुट खडा गराउने काम तपाइहरुले गर्नु भएको छ’, काँग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले थपे,’म महामन्त्री हुदाँ सभापति सुशिल कोइराला, नेता रामचन्द्र पौडेल लगायतका नेतालाई पनि भनेको हुँ तर एउटा एउटा नेता विदेश लैजाने, घुमाउने र गुट बनाउने काम भयो ।’

 

नेता सिटौलाले जनसम्पर्कका पदाधिकारीलाई विधान अनुसार संस्था चलाउन समेत आग्रह गरे । ‘तपाईहरु विधानभित्र रहेर काम गर्नुस, अधिवेशन गराउन काठमाठौबाट नेता बोलाउन आवश्यक छैन् ।’

 

काँग्रेस नेता केसीले अहिलेको अवस्थामा चिन्ता भन्दा पनि चिन्तनको आवश्यकता रहेको बताए । उनले पार्टी भित्र प्रतिस्पर्धा हुनु पर्ने तर त्यो बैचारिक हुनु पर्नेमा जोड दिए । ‘काँग्रेस भित्र यथास्थितिवादीको हावी भएको छ, त्यसरी पार्टी  चल्दैन, सुधारको विकल्प छैन्,’ नेता केसीले ‘ म शेरबहादुर देउवा समुहबाट महामन्त्रीमा उमेदवार भएको हुँ तर उनीबाट सुधारको संकेत नदेखेकाले रामचन्द्र पौडेललाई भनेको हुँ ।’ उनले मानव सभ्यतामा नै चुनौति थपिएको वर्तमान अवस्थामा प्रवासमा रहेका नेपाली जुनसुकै दलको भए पनि एक हुनु र मानव धर्ममा लाग्न सुझाव दिए ।

 

यस्तै अर्का नेता महतले नेतृत्वको व्यवस्थापनमा  कमजोरी र गुटवन्दीले पार्टी असफल भएको दावी गरे । ‘इतिहास गौरवपूर्ण छ, तर पनि निर्वाचनमा असफल भयौ, यो नेतृत्वको व्यवस्थापनमा  कमजोरी र गुटवन्दीले हो ।’

 

पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले अहिलेको अवस्थामा नेपाल फर्कन चाहानेको व्यवस्थापन सरकारले गर्नु पर्नेमा जोड दिए ।’विदेशबाट फर्केकाहरुको सीप र श्रमको पुर्न:स्थापना गर्न सक्नुपर्छ । ‘नेपालमा खुल्ला अर्थनीतिका शुत्रधार मानिने महतले थपे,’ उनीहरुको क्षमता अनुसार व्यवस्थापन गरौ, कृषिमा अनुदान दिनु पर्छ, विदेशमा सिकेको ज्ञानसिप अनुसार विभिन्न पेशामा लगाउन सरकारले प्रोत्साहन गराउनु पर्छ ।’

 

हाल अमेरिकामा बस्दै आएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री डाक्टर यादव पण्डितले स्वागत मन्तव्य राख्दै शुरु भएको बैठकमा, हाल वेलायतमा बस्दै आएका नेविसंघका पूर्व कोषाध्यक्ष विश्वआदर्श पण्डित, नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)  अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल  र एनआरएनए अमेरिकाकापूर्व अध्यक्ष खगेन्द्र जिसीले प्रसावमा रहेका नेपालीको स्थितिका बारेमा प्रकास पारेका थिए ।

 

 

एनआरएनए आइसीसीका सदस्य प्रमोद सिटौला र तरुणदल अमेरिकाका उपाध्यक्ष अनन्त सुवेदीले सहजीकरण गरेको बैठकमा जनसम्पर्क समिति बेल्जियमकी सभापति सिता सापकोटाले आफ्नो नेतृत्वमा समिति हुदाँ हुदै पार्टी उपसभापति विमेलन्द्र निधिले विधान विपरित अर्को समिति गठन गरेर विवाद शृजना गराएको आरोप लगाइन ।

 

 

यस्तै काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे, एनआरएनए र जनसम्पर्क समिति स्पेनका पूर्व सभापति चिन्तामणि सापकोटा, जनसम्पर्क समिति जर्मनका सभापति शिखर खड्का, क्यानडाकी कार्यवहाक सभापति चन्दा अधिकारी, स्पेनका सभापति इन्द्रप्रसाद शर्मा, नर्वेका सभापति जितेन्द्र शाही, जापानका पूर्व सभापति डिपी कडेल, माल्टाका सभापति सुमन केसी ,फ्रान्सका सभापति सुधिर राणा, युएइका सभापति भवानी तिमिल्सिना, कुवेतका  सभापति राजेन्द्र विरही, बहराइनका सभापति पदमसुन्दर गुरुङ्ग, साउदी अरवका  दिपेन्द्र रेग्मी, ओमानका शालिक चापागाई, र पोर्चुगलका विनोद घिमिरे लगायतले पनि नेपाली काँग्रेस प्रतिको चिन्ता व्यक्त गरेका थिए ।

 

यस्तै एनआरएनए आइसीसीका सल्लाहाकार कुल आचार्य,  एनआरएनए आइसीसीका सल्लाहाकार हरिबोल भण्डारी, एनआरएनए आइसीसीका कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, युरोप संयोजक नारायण आचार्य, उपसंयोजक शुक्रराज न्यौपाने, एनआरएनए र जनसम्पर्क समिति साउदी अरेवियाकी सल्लाहाकार एसमिन वेगम शैइद र अष्ट्रेलियाका  डाक्टर भरत पौडेल पनि  प्रवासमा रहेका नेपालीहरुको अवस्था र नेपाली काँग्रेसका बारेमा आ आफ्नो धारणा राखेका थिए ।


२४ बैशाख २०७७, बुधबार ०२:३८ मा प्रकाशित