न्युयोर्कमा हुने ‘नेपाल डे परेड’ स्थगित

दूरबिन नेपाल     २६ बैशाख २०७७, शुक्रबार २१:४८    

Anil Baral Real Estate

अमेरिका । न्युयोर्कमा हुने भनिएको नेपाल डे परेड स्थगित भएको छ । कोरोना महामारीका कारण यो बर्षको नेपाल डे परेड स्थगित गरिएको नेपाल डे परेड आइएनसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संस्थाद्वारा जारी विज्ञप्ति 

प्रेस विज्ञप्ति ।                                                       मे ८ , २०२०

आदरणीय पत्रकार मित्रहरु

नमस्ते।

हरेक मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने ‘नेपाल डे परेड’ कार्यक्रम डायस्पोराका नेपालीहरुको पहिचान र गौरव हो। सन् २०१६ देखि न्युयोर्क शहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो। नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो। तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौ अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।

महामारीबाट मृत्यु भएकाहरु विशेष गरेर नेपालीहरु जसले यो महामारीबाट ज्यान गुमाउनु पर्यो उहाँहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै यो महामारीको संक्रमणको कारण उपचार गराईरहनु भएका सम्पूर्णलाई शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौ। जसले संक्रमणलाई पराजय गरेर स्वास्थ्य पुन: लाभ गर्नु भएकोछ उहाँहरुलाई धेरै-धेरै बधाई ज्ञापन गर्दछौ। यो महामारीमा डायस्पोरालाई सहयोग गर्न सक्रिय रहनु भएका सम्पूर्ण अभियन्ताहरुलाई प्रशंसा गर्दै महामारीका फर्स्ट रेस्पोन्डर्सहरु प्रति हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ।

अनन्त सुवेदी                                                                             निमा शेर्पा

सदस्य-सचिव                                                             अध्यक्ष


२६ बैशाख २०७७, शुक्रबार २१:४८ मा प्रकाशित