जनसम्पर्क समितिलाई काँग्रेस महाधिवेशनमा मताधिकार दिन हुदैन : सुजता कोइराला

दूरबिन नेपाल     २७ बैशाख २०७७, शनिबार २१:००    

Anil Baral Real Estate

अमेरिका । नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले जनसम्पर्क समितिका प्रतिनिधिलाई काँग्रेस महाधिवेशनमा मतदान अधिकार दिन नहुने बताएकी छिन् ।

दूरबिन नेपाल सँगको भिडियो कुराकानीमा नेतृ कोइरालाले जनसम्पर्क समितिको विवादको जड महाधिवेशनमा मतदानकै विषय रहेकाले पर्यवेक्षकको रुपमा मात्र सहभागि गराउने पर्ने धारणा राखिन ।

 

समय अनुसार जनसम्पर्क समितिलाई परिमार्जन गर्नु पर्ने पनि नेतृकोइरालाको भनाई छ । स्थापनाकाल र अहिलेको अबवस्था फरक परेको भन्दै उनले अब पनि नेताहरुलाई विदेशमा सपिङ्ग गराउने र खाना खुवाउनका लागि मात्र जनसम्पर्क समितिको सिमित हुन् नहुनेमा जोड्दिइन् ।

 

पुरा  अन्तरवार्ताका लागि यो लिङ्कमा क्लिक गर्नु होला ।


२७ बैशाख २०७७, शनिबार २१:०० मा प्रकाशित