विश्व नर्स दिवस

विश्व नर्स दिवस
– गीता बजगाई
बुढा र बुढी बालबच्चा सारा छाडेर घरैमा
वाई वाई भरे भेटौला फेरी म जान्छु कामैमा।
सानोमा छोरो झुन्डिछ कठै ! जाउ भन्न सक्दैन
बाबाले काखमा समाउॅछन् तर अडिन मान्दैन।
फोनको घन्डी टिगंटिंग बज्छ विरामी बढे छन्
बाल र बच्चा हेरे है राजु नदुखाउ तिम्रो मन।
फेरीमा घन्टी बज्नलाई थाल्यो गएं म भनेर
सम्झदै सन्तान गहमा ॲासु टिलपिल पारेर।
खानु न पिउनु थकित शरिर मस्तिस्क गलेको
विरामी एक सन्चो भै दिंदा विर्सन्छन् सबैथोक ।
बेलुका घरमा फकेर आउॅदा बालबच्चा सुद्दछन्
आमाको काख खोज्दै ति कति बाटोमा हेर्दा हुन्।
कहिले लाग्छ काम साम छोडी घरैमा बसॅु झै
विरामी देख्छु अस्पताल भरि मान्दैन पापी मन।
बच्चाको आमा गार्हो छ काम कसरी भन्छन् खै
आदर सम्मान गरौ है सधै ति स्वास्थय कर्मीलाई।
३० बैशाख २०७७, मंगलवार ०४:१९ मा प्रकाशित