कोरोना संक्रमण बढ्न थालेपछि नेपालभित्र आवाज जावतमा कडाइ

दूरबिन नेपाल     ३१ बैशाख २०७७, बुधबार १९:५७    

Anil Baral Real Estate

दूरबिन नेपाल, नेपाल
कोरोना संक्रमण बृद्धि हुंदै गएपछि नेपाल भित्र आवत जावतमा कडाइ गर्ने सरकारले जनाएको छ । गृह मन्त्रालयको अनुमतिबिना काठमाडौं उपत्यका छिर्न नपाइने जानकारी गराइएको छ । सरकारले विहिवारदेखि नै देशभरको आवातजावत थप कडाइ गर्ने भएको नेपालबाट हाम्रा सम्बाददाताले जनाएका छन । बाहिरी जिल्लाबाट काठमाडौं आउनपनि अब जिल्ला प्रशासनको अनुमति चहिने भएको हो । यसका निम्ति गृह मन्त्रालयबाटै बेग्लै पास लिनुपर्नेछ । गृह मन्त्रालयको स्वीकृतिबिना कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन् । पासको निवेदन दिँदा आउजाउ गर्नुको प्रयोजन र कारण पनि स्पष्ट खुलाउनुपर्ने छ । लगातार कोरोना संक्रमित बढ्दै गएपछि गृह मन्त्रालयले थप कडाइ गरेको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जनाएका छन । उनका अनुसार यसअघि दिइएका सवारी पासपनि खारेज हुनेछन । त्यस्तै एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएका सबै किसिमका पास खारेज भएका छन् । एक जिल्लाबाट अर्को जिल्ला जान जिल्ला प्रशासन कार्यालयबाट बेग्लै पास लिनुपर्नेछ । काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा भने यो लागू हुने छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पक्रकारलाई कडाइ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधवार देखि भने सुरक्षाकर्मीले गेटमा रोकेका हुन् । स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशननै दिएको बताइएको छ । अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्ने भएको छ । उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् । मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् । मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ । तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो ।


३१ बैशाख २०७७, बुधबार १९:५७ मा प्रकाशित