“विदेशमा रोजगारी गुमाएका नेपालीलाई स्वदेश फर्काउ” कांग्रेस “कोरोना नियन्त्रणमा सरकार चुक्यो” प्रवक्ता शर्मा

दूरबिन नेपाल, नेपाल
नेपाली कांग्रेसले कोरोना भाइरसको कारण संसारभरी छरिएर रहेका कैयन नेपालीले रोजगारी गुमाएकाले उनीहरुलाई तत्काल स्वदेश फर्काउनु पर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विदेशमा रोजगारी गुमाएका नेपालीलाई सरकारले स्वदेश फर्काउन गम्भीर हुनुपर्ने बताएका हुन । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको आरोपपनि लगाए । सरकारले स्वास्थ्य सामग्री खरिद तथा पिसिआर परीक्षणमा ढिलाइ गर्दा अग्रपंक्तिमा रहेर काम गरेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी समेत कोरोनाको संक्रमणमा परेको कांग्रेसको भनाइ छ । प्रवक्ता शर्माले ५० दिनका बीचमा सरकारले पिसिआर परीक्षणको दायरापनि वृद्धि गर्न नसकेको आरोप लगाए । सरकारले आयात गरेको स्वास्थ्य सामग्रीे पर्याप्त नभएको पनि उनकोे भनाई छ । स्वास्थ्य सामग्री खरिदमा ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार भएको उनले आरोप लगाए ।
३१ बैशाख २०७७, बुधबार २०:१० मा प्रकाशित