नेवा: अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रम सम्पन्न

दूरबिन नेपाल     ५ जेष्ठ २०७७, सोमबार २१:२९    

Anil Baral Real Estate

लस एन्जल्स, १८ मे / नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतिनाथ तथा बुद्द मन्दिर नर्वाल्कमा हिजो आइतबार रक्तदान कार्यक्रमको आयोजना भएको छ । कोभिड-१९ को कारणले गर्दा धेरै प्रचार प्रसार बिना गरिएको कार्यक्रममा पहिला नै आफ्नो नाम दर्ता गरेका व्यक्तिलाई मात्र रक्तदान गर्न दिइएको थियो। उपस्थित भएकोमा ३१ जना रक्तदान र ४ जना रातो रक्तकोषको दान गर्न सफल भएको अध्यक्ष बिमल श्रेष्ठले बताए ।

अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
“आफ्नो धर्म तथा संस्कृति संरक्षणका साथमा विविध सामाजिक कार्यलाई निरन्तरता दिँदै आइरहेको संस्थाले आगामी दिनमा समेत सबैको सहयोग र सद्भावमा रक्तदान, म्हपूजा, यमरी पूजा जस्ता कार्यक्रम गर्दै जाने योजना छ ।” अध्यक्ष श्रेष्ठले बताए ।
हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष हुनुपर्ने तथा लगातार एकबर्ष अमेरिका बाहिर नगएको हुनु पर्दछ । सामान्य अवस्थामा ६ हप्ता पछि पुन: रगत दिन सकिने भए पनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्दछ ।


५ जेष्ठ २०७७, सोमबार २१:२९ मा प्रकाशित