गिरिजाप्रसाद कोइराला फाउण्डेशनद्वारा अमेरिकामा तेस्रो चरणको खाध्यन्न वितरण 

दूरबिन नेपाल     ६ जेष्ठ २०७७, मंगलवार २२:१४    

Anil Baral Real Estate

अमेरिका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा मंगलवार तेस्रो चरणमा खाध्यन्न वितरण गरेको छ । स्थानीय जनप्रतिनिधि र सिनेटरहरुको सहयोगमा फाउण्डेशनले यस अधि दुई पटक खाध्यन्न, तरकारी तथा फलफुल वितरण गरिसकेको छ ।

 

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका अनुसार न्युयोर्क ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक अडाम्सको प्रायोजनमा तेस्रो चरणको सहायता वितरण गरिएको हो ।  प्रेसिडेन्ट एरिक अडाम्सले  फाउण्डेशनलाई  दुई सय झोला पौष्टिक खानेकुरा उपलब्ध गराएका थिए । पछिल्लो समय न्युयोर्क सिटिले आफुमाताहात रहेकाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउने अभियान नै शुरु गरेको छ । अहिले कोरोना संक्रमण पछि विभिन्न सामाजिक संघ सस्थाहरु मार्फत यस्ता सहयोग वितरण गरिदै आएको हो ।

 

फाउण्डेशनका अध्यक्षका घिमिरेका अनुसार  प्रेसिडेन्ट एरिक अडाम्सले मंगलवार बिहान   ट्रकमानै सो सामान अकस्मात् पठाएका थिए । ज्यासक्सन हाइटस्थित फाउण्डेशनको कार्यलय अगाडि गरिको खाध्यन्न वितरणबाट नेपाली सहित विभन्न समुदायका गरि दुई सय भन्दा बढी लाभान्वित भएका थिए ।

 

खाध्यन्न वितरण कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वय प्रेम पौडेल र सुर्य सिम्खडाले सहजिकरण गरेका थिए ।

 

 


६ जेष्ठ २०७७, मंगलवार २२:१४ मा प्रकाशित