२१ ओेौं शताब्दीका हाम्रा नेता?

सोमनाथ घिमिरे,न्युयोर्क     ८ जेष्ठ २०७७, बिहीबार १२:३४    

Anil Baral Real Estate

हाम्रा नेता, कस्का नेता ?
नेपाल आमाको या
उत्तरका नेता,
दक्षिणका नेता,
पूर्व-पस्चिमका नेता,
कि कसैका नेता?
नयाँ नेपाल बनाउने नेता,
सबैलाई खुशी पार्ने नेता,
शान्ति र संबिधान बनाउने नेता,
को होला ति सर्बमान्य नेता?

 

हाम्रा नेता, कस्ता नेता ?
पर्खाल नाग्ने नेता,
कोठी धाउने नेता,
भ्रष्ट्रचारी  नेता,
कि जनता ढाटने नेता?
एक्काईसौ सताब्दीका नेता,
कस्ता हुन हाम्रा नेता?

 

राष्ट्र होइन,कुर्सीको माया गर्ने नेता,
हरियो नै हरियो गुट-मुटाउने नेता,
देश-बिदेश भ्रमण गर्ने नेता,
नेपाल लाई पछाडि पार्ने नेता,
सगरमाथा लाई होचाउने नेता,
देश लाई आन्धकार बनाउने नेता
गरीबी बडाउने नेता,
साना मसिनालाई हेफ्ने नेता,

हाम्रा नेता, कस्का नेता ?
उत्तरका नेता,
दक्षिणका नेता,
पूर्व-पश्चिमका नेता,
कि कसैका नेता?
कहिले हुन्छन नेपाल आमाका नेता?

 

हाम्रा नेता, कस्ता नेता ?

पर्खाल नाग्ने नेता,
कोठी धाउने नेता,
भ्रष्ट्रचारी नेता,
कि जनता ढाट्ने नेता?

 

दुई तिहाइलाई सबैको साथ
फलाम तातेकै बेला ठोक
जङ्गे पिल्लर पुर्व-पश्चिम
उत्तर दक्षिण निर्धक्क साथ
र फिर्ता लिनु कोशी बाँध।
अब त बन न नेपाली आमाकै नेता।
अरुले नमेट्टाउन हाम्रो पुर्खौली रेखा।

-सोमनाथ घिमिरे
न्यु-यार्क, अमेरिका।

(घिमिरे गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष हुन् ।)


८ जेष्ठ २०७७, बिहीबार १२:३४ मा प्रकाशित