स्पेनमा रहेका नेपालीको सराहनीय काम, ‘भारतले नेपालको भूमि मिचेको हो भन्दै तयार पारे सात भाषामा भिडियो’   

दूरबिन नेपाल     ९ जेष्ठ २०७७, शुक्रबार १६:०६    

Anil Baral Real Estate

अमेरिका । भारतले नेपाली भूमि मिचेको बारेमा विश्वलाई जानकारी दिने भन्दै स्पेनमा रहेका नेपालीले अभियान शुरु गरेका छन् । उनीहरुले विश्वमा चर्चित मध्ये  सात भाषामा भिडियो तयार गरेका छन् । “गोब्याकइन्डिया” शिर्षकमा तयार पारिएको भिडियोमा  नेपालले नेपालको भूमि कसरी मिचेको भन्ने कुरा उल्लेख गरिकएको छ ।

नेपाली समाज पाइस मास्कोले सो भिडियो तयार गरेको हो । स्पेनको विल्वाउमा रहेका समाजका सस्थापक मध्येका एक प्रकास त्रिपाठीले यस अधि सडकमा नै गएर भारतीय हस्तक्षेपका बिरुद्धमा र्याली गरिएको भए पनि अहिले कोरोना संक्रमणका कारण घरघरबाटै भिडियो बनाउने अभियान शुरु गरिएको जानकारी दिए ।

 

उनले भने,’भारतले नेपाली भूमि मिचेर एकतर्फि नक्शा निकालेको समयमा हामी सडकमा नै पुगेर विरोध गरेका थियौ तर अहिले त्यो अवस्था छैन्, विश्वमा जुनसुकै भाषा बोल्ने नेपालीलाई पनि भारतको मिचाहा व्यवहारको बारेमा जानकारी होस भनेर यो भिडियो बनाएका हौै ।’

 

समाजले स्पेन स्थित भारतीय दुतावासमा पनि नेपाली भूमि मिचिएको  विरोधमा पत्र बुझाएको छ ।

 


९ जेष्ठ २०७७, शुक्रबार १६:०६ मा प्रकाशित