प्यारी आमाको संझनामा ​

बाबुराम श्रेष्ठ     १२ जेष्ठ २०७७, सोमबार ०३:३६    

प्यारी आमाको संझनामा ​

 

– बाबुराम श्रेष्ठ

राख्यौ नी, गर्भमा, छपक्क छोपेर, पूर्खाको नासो ठानी,

PlutonicTech

दियौ दर्शन यो जगत जनको, साश्वत् कर्तब्य मानी ।

न खान सक्यौ, हुंदा म कोखमा, मागे जति त्यो मनले,

न राख्न सक्यौ चाहेको ठाउंमा, त्यो शरीर सहजले ।।

Bhatta Law & Associate

 

बढेको जिउमा लेक्, बेंशी, जङ्गल् गर्यौ होला कसरी,

संझदा पनि कहाली लाग्छ, निस्सासिन्छु झनै बेस्सरी ।

को जान्दछ र ? दुई जिउको पिडा, अनि प्रसव् वेदना,

प्रचण्ड जलन, क्षण् क्षण् को मरण, गुम्दा खेरी चेतना ।।

 

 

देखायौ दुनियां कति दर्द् सही, ममताको खानी तिमी,

खिलायौ, पिलायौ, पूर्ण बनायौ, आफैलाई नभए‘नि ।

बितायौ सारा, जीवन् सेवामा, रात दिन नभनिकन,

हर् पल मेरो, सुबिस्ता नहेरी, के मान्थ्यो र ? तिम्रो मन ।।

 

 

सह्यौ नी हेलाँ, घृणा र दुत्कार, पियौ बिष पानी सरी,

देखायौ बाटो, जीवन जिउने, सर्वश्व समर्पण् गरी ।

रेखदेख् अनि, निश्वार्थ प्रेमले, भरिदियौ नी, क्षमता,

नहुँदो हो त, छहारी त्यो तिम्रो, बिलाउँथें कता कता ।।

 

 

“आमाको काख अरूको लाख” याद आउँछ नी सदैव,

ममताको आँचल यो जन्ममा, नपाइने भो हे दैव ।

भक्कानिन्छ मन, सम्झेर तिम्रो, त्यो त्याग र बलिदान,

खुश रहू जहाँ भए’नी तिमी, डग्न दिन्न स्वाभिमान ।।

 

 

अतित भो यी पलहरू सबै, रह्यौ अव सम्झनामा,

सामुन्ने तिमी नभए पनि, आइदिनु है सपनामा ।

आउने रै’ छ याद तिम्रो धेरै, बेसहारा हुंदा झनै,

छ बिश्वास् मलाई, तैपनि तिम्रो, छहारी, पाउँछु सधैं।।

 

 

दूर कतै जाँदा, आँसूका धारा, तिम्रो त्यो नयन भरी,

र्याल्, सिंगान् चुहाई, पछ्याको तिमीलाई बिर्सूं म कसरी,

औंला समाई मेलापात गा’ को, आउँछ सधैं झझल्को,

कसरी तिर्नु, यो जन्ममा ॠण, ! तिम्रो त्यो वात्सल्यको !!!


१२ जेष्ठ २०७७, सोमबार ०३:३६ मा प्रकाशित