ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 

लक्ष्मण अधिकारी  ( रोशन )     १३ जेष्ठ २०७७, मंगलवार १९:१९    

ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 

लक्ष्मण अधिकारी  ( रोशन )

 

   कहिले पोर्चुगिज, कहिले डच अनि अन्तिममा अङ्ग्रेजको गुलाम बनेको देश भारत । भारतका नागरिकले आफ्नो पसिना र बलबुतामा भारत निर्माण गरेको हुँदै होइन । शक्तिको उन्मादमा विश्वलाई आफ्नो अधीनमा राख्न अङ्ग्रेज साम्राज्यवादले  अरुलाई फुटाएर वा लडेर बनाएको देश हो इन्डिया । सयौँ वर्ष अङ्ग्रेजको गुलाम बनेर बसेका भारतीयहरू  गुलामी र साम्राज्यवादी चिन्तनबाट प्रभावित नहुने कुरै भएन । अङ्ग्रेजबाट उनीहरूले अरु कुरा के के सिके थाहा भएन । तर भारतीय राजनीतिज्ञहरूले अरुलाई दुख दिन र जालझेल गर्न भने धेरै सिकेको उनीहरूले प्रदर्शन गरेको व्यवहार र बोलीबाट सहजै बुझ्न सकिन्छ ।     

PlutonicTech


सुगौली सन्धि 


सन १८१४ बाट शुरु भएको युद्धमा नेपालीसँग जित हासिल गर्न नसकेपछि  इस्वित सम्वत् १८१५ मा सम्झौतामा जाने गरी युद्ध बिराम भयो । सन्धिले  १८१६ मा मूर्तरूप पायो ।  त्यही सम्झौताको नाममा अङ्ग्रेजले साम्राज्यबादीले नेपालको विशाल भूमिलाई भारतमा मिलाए । हाम्रो सान गिर्यो । कतिपय हाम्रा गाँउ र  वस्ती साम्राज्यवादीको अधीनमा गयो । भूगोलसँगको सम्बन्ध र नाता काटियो । देशको अखण्डतालाई क्षत विक्षत बनायो । स्वाभिमानताको इज्जत लुटियो । गोर्खाको नाममा हामीलाई वीरको पगरी गुथाएर सस्तो मूल्यमा पसिना र रगतको होली खेले । पैसाकै लागि हामी अर्काका निम्ती ज्यान दिन तयार भयौं । र आज पनि त्यसको निरन्तरता छँदै छ । आर्थिक सङ्कट आफ्ना ठाँउमा छ । जे भएपनि श्रमको सम्मान समानतामा आधारित हुनुपर्छ । तर अहिले पनि हाम्रो आर्थिक कमजोरी उनीहरूको पैसाकै लागि सटही भइरहेको छ होइन र ?  


इस्बित सम्वत् १८५६ मा भारतमा भएको सिपाही विद्रोह दबाउन नेपालसँग अङ्ग्रेजले सहयोग मागे । तत्कालीन प्रधानमन्त्री जङ बहादुर राणाले अधिकांश नेपाली सेना भारतमा लिएर गए । भनिन्छ ,नेपाली सेनाले दशौँ हजार भारतीय सेना र निमुखा जनताको हताहति गरेर भारतमा अङ्ग्रेज माथि मडारिएको  खतरा टारी दिए  । नेपालीहरूको वीरता देखेर अङ्ग्रेजहरू प्रभावित भए । त्यस बेला एलिजाबेथ फस्ट ब्रिटेनकी रानी थिइन् । जङ बहादुरको साहस र नेपाली सेनाको बहादुरीको कदर गर्दै आजको बाके, बर्दिया, कैलाली र कन्चनपुर  फिर्ता भयो । त्यसको अर्थ हुन्छ त्यसै बेला सुगौली सन्धि पनि परिमार्जित भयो ।

Bhatta Law & Associate


हामीले भारतसँग सुगौली सन्धि गरेकै होइन । हामीले त अङ्ग्रेजहरूसँग सन्धि गरेको हो । हामीले ब्रिटिश सरकारसँग गरेको हो । इष्‍ट इन्डिया कम्पनी भनेको ब्रिटिश हो । भारत हुँदै होइन । जब अङ्ग्रेजले भारत छोडे त्यसैबेला त्यो सन्धि  खारेज हुनुपर्ने हो । सबै कानुन केलाउँदै जाने हो भने सुगौली सन्धि भङ्ग हुनसक्छ । अतिक्रमण गरिएको भूमि फिर्ता हुनुपर्दछ र हुन सक्दछ ।  


ठुल्ठूलो स्वरमा चिच्याउदै र चर्को बोलेर नेपालीलाई नाङ्लो ठट्टाएर हात्ती तर्साउने काम भैयाहरुले गरिरहेका छन्  । हाम्रो जमिन अब फिर्ता चाहियो ।  सुगौली सन्धि अङ्रेजले भारत छोडेकै दिन खारेज भयो । 


इस्बित सम्वत् १९४७ मा भारत स्वतन्त्र भयो  । अर्थात ब्रिटिश भारतबाट छाडेर गयो । जवाहरलाल नेहरू  भारतका पहिला प्रधान मन्त्री भए । जवाहरलाल चतुर मात्र होइन अति धूर्त नेता थिए । तत्कालीन नेपालका प्रधानमन्त्री मोहन शमशेरलाई बोलाएर दुनियाँदारी कागजमा सहीछाप ठोक्न लगाए  ।  “यदी गरेनौ भने राणा शासन सँधैका लागि खतम पार्दिन्छु,” भन्दै धम्कि दिए पछि सत्ताको लोभमा राणा मोहन शमशेर देश बेच्न तयार भै हाले । भारतिय स्वतन्त्रताको संग्राममा थुप्रै नेपालीहरु लागिरहेका कारण नेहरुलाई  नेपालको अवस्थाको बारेमा थाहा थियो नेपालमा चाँडै प्रजातन्त्र आउनेवाला छ भनेर । भारतीय भूमिबाट र भारतीय सरकारको प्रतक्ष्य सहयोगमा नेपाली युवाहरू नेपालमा राणा शासनको अन्तका लागि आन्दोलनको बिगुल फुक्न हत्तारी रहेका थिए । 


सचेत प्रजातन्त्रवादीहरू सत्तामा आए भने अतिकमण गरि गाभिएको भुभाग र भारतीय हैकमवाद मान्दैनन् भन्ने बुझिसकेका थिए । त्यही कारण आन्दोलन पूर्व नै मोहन शमशेरलाई घुँडा टेकाए जवाहरलाल नेहरुले । अतिक्रमित भुमि माथिको अधिकार नेपालले दावी गर्न नसक्ने परिवेश निर्माण गर्न थाले । छलछाम र दवाबमा सहीछाप गराएर भारतले  एक लौटीरुपमा काजगपत्र संझौता पत्रहरु बनायो । त्यहाँ कुनै अन्तराष्ट्रिय प्रचलन अनुसारको काम भएन । दुई देशका विज्ञ र आधिकारिक ब्यक्तिहरुलाई संझौता प्रक्रियामा सामेल गराइएन । लोकतान्त्रिक पद्धति द्वारा सहमति गरिएको थिएन ।


जबरजस्ती गरेर हाम्रो देशका अबुझ अशिक्षित तानासाहसँग गरिएका सम्पूर्ण सन्धि, सम्झौता शिक्षित आधुनिक नेपाली जनताले हेर्न पाउनु पर्छ र तेस्मा  Rectify  भन्ने शब्द हाल्नै पर्दछ। कानुनी भाषामा जबर्जस्ती भन्ने शब्द भेटिएमा हरेक कानुन खारेज हुन्छ।    


अब यो आन्दोलनले ब्यापक रूप लिने लागेको छ । ढिलै भएपनि यो मुद्धा अन्तर्राष्ट्रियकरण हुने क्रममा छ । नयाँ पुस्ताले नेपालको इतिहास र संझौताहरु बुझ्न थालेको छ । प्रलोभन र त्रास देखाएर गरिएका सन्धि संझौताले कानुनको कसरी उपहास गर्छ भन्ने नयाँ सन्ततीले बुज्दैछन् । विशाल नेपालको भूमि नियन्त्र गरिराख्ने सन्धि किन र कसरी गरिएको थियो भने कुरा छर्लंग भइसकेको छ । यसको कारक तत्वको उत्खनन गर्दै हामी प्रामाण दर्ज गर्न सक्षम छौं । यो सँगै ठुल दाइ भारतले के बुझ्नु पर्दछ भने टिस्टा नेपालको हो, काङडा नेपालको हो । महाकालीकी बात् छोड्दो । 


 ( हाल अमेरिकाको सानफ्रानसिस्कोमा बसोबास गरिरहेका अधिकारी नेपालको भौगोलिक इतिहासको जानकार र कानुनका अध्यता हुनुहुन्छ ।)


१३ जेष्ठ २०७७, मंगलवार १९:१९ मा प्रकाशित