गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका आठौं चरणमा नि:शुल्क तरकारी वितरण

दूरबिन नेपाल     १५ जेष्ठ २०७७, बिहीबार ०२:३८    

Anil Baral Real Estate

न्युयोर्क ।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व तरकारीहरु वितरण कार्यक्रमलाई बुधवार पनि निरन्तरता दिएको छ । फाण्डेशनले बुधवार आठौ पटक तरकारी तथा खाध्यन्न वितरण गरेको हो ।

बुधवारको सामाग्री सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइनसँग सहकार्य र उत्पादक लक्कि टमेटोसले निशुल्क प्रधान गरेको हो।

 

उनले फाउण्डेशनलाई एक हजार पाउण्ड गोलभेडा, ५० पाउण्ड तरकारि प्रायोजन गरेकी थिईन । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेका उनुसार करिव दुई सय जनालाई सो तरकारी वितरण गरिएको छ ।

फाउन्डेसन को निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा  उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, यु.एन.आई ग्लोबल युनियन नेपालकि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त, स्वयंसेवकहरू क्रमशः नेवि सघं अमेरिका का निवर्तमान संयोजक प्रभात सापकोटा, बीबेक अधीकारी, रीशी आचार्य, सुरज लामा, के. बी. खड्का,माधब जोशी, कुन्जन पौंडेल, प्रसम्शा लम्साल लगायत स्वयमसेवकका रूपमा खटिएका थिए ।

 


१५ जेष्ठ २०७७, बिहीबार ०२:३८ मा प्रकाशित