लस एन्जल्समा निशुल्क पीपीई वितरण गरिने भोलि बिहान १० देखि दिउसॊ १२ सम्म निशुल्क पीपीई वितरण हुने

दूरबिन नेपाल     १७ जेष्ठ २०७७, शनिबार ०२:२२    

Anil Baral Real Estate

अमेरिका, लस एन्जलस, २९ मे / श्रीपशुपतिनाथ फाउनडेशन कोभिड-१९ राहात समितिले भोलि शनिवार आर्टेसिया शहरमा पीपीई वितरण गर्ने भएको छ।  कोरोना भाइरस (COVID19) बाट पिडितहरुको राहत कार्यमा जुटेको संस्थाले भोलि आर्टेसियाको लाइब्रेरी पार्कमा बिहान १० बजे देखि दिउसो १२ बजे सम्म ड्राइभ थ्रु पीपीई वितरण गर्ने योजना बनाएको सचिव बिमल श्रेष्ठले बताए।
साउदर्न क्यालिफोर्नियामा रहेका नेपाली लगायत अमेरिकाको अन्य भागमा समेत सहयोग गरिरहेको संस्थाले भोलि शनिवार निशुल्क पीपीई गर्दै छ। सहयोगलाई प्रभावकारी बनाउन ५६२-३४५-५०५० को हटलाइन नम्बर समेत संचालन गरिरहेको छ।


१७ जेष्ठ २०७७, शनिबार ०२:२२ मा प्रकाशित