अमेरिकाका ठुला शहरमा तेश्रो दिन पनि कर्फु आदेश

दूरबिन नेपाल     २१ जेष्ठ २०७७, बुधबार ००:३७    

Anil Baral Real Estate

अमेरिका, २ जुन। जर्ज फ्लोइडको हत्या पछि अमेरिकाका अधिकांश शहरहरु अशान्त बन्दै गएपछि ठुला शहरहरुमा कर्फु आदेश जारी भएका छन्।
क्यालिफोर्नियाका लस एन्जलस काउन्टी, सान्ता मोनिका, बेभरली हिल्स, सान फ्रान्सिस्को र ओकल्यान्डमा कर्फु आदेश जारी भएको छ। लस एन्जलस काउन्टीमा आज तेश्रो दिन समेत साँझ ६ बजे देखि भोलि बिहान ६ बजेसम्मको लागि कर्फु आदेश जारी भएको छ।
त्यसैगरी अमेरिकाको राजधानी वाशिंगटन डिसि, जर्जियाको एट्लान्टा,न्यू योर्कको न्यूयोर्क शहर तथा ओहायोको क्लीभल्याण्डमा समेत आज साँझको लागि कर्फु आदेश जारीभैसकेको छ।


२१ जेष्ठ २०७७, बुधबार ००:३७ मा प्रकाशित