जर्ज फ्लोड केसको बारेमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले मौनता तोडे

दूरबिन नेपाल     २१ जेष्ठ २०७७, बुधबार ०४:०४    

Anil Baral Real Estate

अमेरिका, २ जुन। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा जारी घटनाबाट आफु र श्रीमती लौरा मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट “दु:खी” भएको बताएका छन्। उनले आफ्नो बिज्ञप्तिमा अमेरिकाले हाम्रो दुःखलाग्दो असफलताको जाँच गर्ने समय आएको छ।

विज्ञप्तिको अगाडी बुस लेख्छन यो समय भनेको व्याख्यान गर्ने नभएर, अब हामीले सुन्ने समय आएको छ, कसरी हाम्रो समाजमा जरो गाडेर बसेको जातिवादको अन्त्य गर्न सक्छौ तथा समस्याको समाधान भने पिडितहरुको आबाज सुन्नु बाट नै पाउन सकिन्छ बताउछन। अन्तमा उनि भन्छन-स्थायी न्याय भनेको हामीले शान्तीको माध्यमद्वारा मात्र पाउन सक्दछौ।

जर्ज फ्लोडको मृत्यु पश्चात अमेरिकामा शान्तीपूर्ण र्यालीको साथमा लुटपाटका घटनाहरु समेत बढे पश्चात केहि ठुला शहरहरुमा कर्फु समेत लगाइएको छ।


२१ जेष्ठ २०७७, बुधबार ०४:०४ मा प्रकाशित