अमेरिकामा तराईवासी नेपालीको संस्था एन्टामा तनाव, अध्यक्षको राजिनामा

दूरबिन नेपाल     २२ जेष्ठ २०७७, बिहीबार २३:४१    

Anil Baral Real Estate

 दूरबिन नेपाल 


अमेरिका । अमेरिकामा बस्तै आएका तराइ मूलका नेपालीहरूको संस्था एशोसियसन अफ नेपाली तराइन इन अमेरिका (एन्टा)मा अध्यक्ष र अरु पदाधिकारीहरू बीच तनाव बढेको छ । अध्यक्ष अपराजिता झाले संस्थाका पदाधिकारीहरूले असहयोग गरेको भन्दै राजीनामा  दिएपछि एन्टाको विवाद सतहमा आएको हो ।
अध्यक्ष झाले राजिनामा दिने बित्तिकै बरिष्ठ उपाध्यक्ष डाक्टर  इन्द्र देव साहुले आकस्मिक बैठक गरी संस्थाको नेतृत्वको जिम्मेवारी आफूले बहन गरेको सार्वजनिक गरेका छन् । साहुले अध्यक्षको जिम्मेवारी लिएको इमेल कार्यसमिति र सदस्यहरूलाई पठाउनसाथ अध्यक्ष अपराजिता झाले आफ्नो राजिनामा फिर्ता लिएको र आफू नै अध्यक्ष भएको जिकिर गर्दै अर्को इमेल कार्यसमिति र सदस्यहरूलाई पठाएकी छन् ।

 

केही घण्टा मै अध्यक्ष र बरिष्ठ उपाध्यक्षले अध्यक्ष आफू –आफू नै भएको दावी गर्दै इमेल युद्धमा उत्रिए पछि सदस्यहरूमा अन्यौलता बढेको छ । एन्टासँग ५ सय भन्दा बढि सदस्यहरू छन् ।
एन्टाका प्रवक्ता मोहन यादवले संस्था भित्रको समस्या विधिसम्मत ढङ्गले हल हुने बताएका छन् ।  दूरबिन नेपालसँग कुरा गर्दै प्रवक्ता यादवले भने “अध्यक्ष अपराजिता झाले राजीनामा दिनु भयो । त्यस पछि विधान अनुसार बरिष्ठ उपाध्यक्ष डाक्टर इन्द्र देव साहुले अध्यक्षको जिम्मेवारी पाउनु भएको छ । अपराजिताले अहिले आएर राजिनामा 
फिर्ता  लिन र अध्यक्षमा दावी गर्न अव मिल्दैन ।” 

 


२२ जेष्ठ २०७७, बिहीबार २३:४१ मा प्रकाशित