अमेरिकामा  प्रहरीद्वारा अश्वेत नागरिक हत्या विरुद्धको प्रदर्शनमा गिरिजा प्रसाद फाउण्डेशनको एक्यवद्धता, रुकुम घटनाको भत्सना   'रंगभेद र जातिय विभेदले पोलिरहेको छ हामीलाई'

दूरबिन नेपाल     २३ जेष्ठ २०७७, शुक्रबार १५:४१    

Anil Baral Real Estate

 

न्युयोर्क । अमेरिकामा भइरहेको जातिय विवेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजा प्रसाद फाउण्डेशन अमेरिका शाखाले एक्यवद्धता जनाएको छ ।  मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण  अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रदर्शन भइरहेका छन् । कतिपय प्रदर्शन हिंसात्मक देखिएका छन् भने ठाँउ ठाँउमा शान्तिपूर्ण प्रदर्शन पनि भएका छन् ।

 

न्युयोर्कमा सिनेटर  जन सि. लियुको आवाहनमा प्रदर्शन भएको छ । “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारहरुका लागि भएको सो शान्ति र्यालीमा  गिरिजा प्रसाद कोइराला फाउण्डेशनले पनि सस्थागत रुपमा नै भाग लिएको छ । फाउण्डेशनका अध्यक्ष  सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा व्यानर सहित र्यालीमा सहभागि भएका थिए ।

 

यस्तै केन्द्रीय सदस्य सुर्य सिम्खडा,  कलाकार बसन्ती राइँ, पत्रकार दिवाकर बागचन्द,घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कुन्जन पौडेलले पनि विवेदका विरुद्ध भएको र्यालीमा भाग लिएका थिए ।

 

 मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दु:खी” भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए। ‘एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ ।’

र्यालीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि भत्सना गरिएको थियो ।  फाउण्डेशनले पनि रुकुम घटनाको निन्दा गर्दै आएको छ । ‘एक्काईसौ शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग-उपल्लो बर्गको नाममा हत्या हिंसा हुनु दुःखद र निन्दनीय छ।’ फाउण्डेशनले  रुकुम घटनाको सत्य तथ्य खोजविन गरी निष्पक्ष छानबिन हुनु पर्ने र दोषिलाई कारवाहीको माग  फाउण्डेशनले गरेको छ ।

 फाउण्डेशनका अध्यक्ष  घिमिरेले  शान्तीको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन भन्दै  कुनै किसिमको अन्याय स्वीकार्य नहुने बताए । उनले  जहाँ न्याय छैन त्यहाँ कहिल्यै शान्ति  नहुने भन्दै भने  ‘हाम्रो सोच परिवर्तन गरौ र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।’


२३ जेष्ठ २०७७, शुक्रबार १५:४१ मा प्रकाशित