नेपाली समुदाय बायडेनको समर्थनमा जुट्दै

दूरबिन नेपाल     २४ जेष्ठ २०७७, शनिबार ०३:११    

Anil Baral Real Estate

अमेरिका, ५ जुन। अमेरिकामा रहेका नेपालीहरु आगामी रास्ट्रपति चुनावको लागि डेमोक्रेटिक पार्टीबाट चुनावी मैदानमा उत्रिएका जो बायडेनको समर्थनमा जुटेका छन्। नोभेम्बर ३, २०२० मा हुने रास्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको तर्फबाट रात्रपति डोनाल्ड ट्रंपसँग उनको प्रतिस्पर्धा हुनेछ।
अमेरिकाको बिभिन्न भागमा रहेका नेपालीहरु बीच भर्चुअलरुपमा आगामी चुनावी कार्यमा कसरी प्रचारप्रसार गर्ने भन्ने उद्देस्यले भोली शनिवार बैठक बस्न लागेको छ। सो बैठकको संयोजन लस एञ्जलस कम्युनिटि कलेजका प्राध्यापक रामेश्वर भण्डारीले गर्न लागेका छन्।
बैठकमा मेरिल्याण्ड राज्यका स्टेट मेम्बर ह्यारी भण्डारी,डेमोक्रेटिक पार्टीको एसिया प्यासिफिक ककसको अध्यक्ष मेलिसा रामोस लगायत अमेरिकाको बिभिन्न भागबाट नेपालीहरुले सहभागिता जनाउदै छन्। सो भर्चुअल मिटिंगमा सबैलाई सहभागी हुनको लागि खुल्ला रहेको भण्डारीले बताए।
मिटिंग जुन ६, २०२० शनिवार प्यासिफिक समय बिहान १० बजे हुन् लागेको छ।


२४ जेष्ठ २०७७, शनिबार ०३:११ मा प्रकाशित