दाताहरुमा जनसम्पर्क समिति अमेरिकाद्वारा आभार व्यक्त 

दूरबिन नेपाल     २४ जेष्ठ २०७७, शनिबार १३:१८    

Anil Baral Real Estate

 

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाले कोरोना संक्रमणका समयमा अमेरिकामा राहत वितरणमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । समितिका महासचिव मुनिन्द्र नेम्बाङले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणका बेला आवश्यह रामाग्री उपलब्ध गराउने दाताहरु र सो सामाग्री आवश्यक पर्ने व्यक्तिहरु सम्म पुराउने स्वयम सेवक प्रति आभार व्यक्त गरेका छन् ।

महासचिवद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ 

प्रेस-विज्ञप्ति ।
विश्व जगत Covid-19 बाट अक्रान्त भएसंगै, महामारीको क्रुर चपेटालले अमेरिकाको जनजीवनलाई पनि अस्तव्यस्त बनाएको छ । विश्व मानवले नै संकट झेलिरहेको यो महाविपत्तिमा अमेरिकामा वसोवास गर्ने आम नेपालीलाई Pandemic बाट कसरी जोगाउन सकिन्छ भन्नेमा हामी सबै चिन्तित भएका छौ ।यही कुरालाई ध्यानमा राखेर, नेपाली जनसम्पर्क समिति अमेरिकाले गत मार्च २३ मा केन्द्रीय समिति र सबै च्याप्टर सभापतिहरूको सम्युक्त कन्फरेन्स बैठक बसेर कोभिड-१९ बाट हुने सम्भावित जोखिम तथा रोकथाम नियन्त्रणका साथै समुदायका संक्रमित सदस्यहरूलाई सहयोगको लागि आवश्यक परामर्श समितिहरू गठन गरेको कुरा सबैलाई अवगत नै छ । तिनै मध्येका सरकारी सहयोग तथा श्रोत परिचालन समितिले महामारीबाट नेपाली समुदायलाई जोगाउन जरूरी महसुस गर्दै, अमेरिकाको २२ वटा राज्यका च्याप्टरहरूमा जनसम्पर्कका साथिहरू, समाजसेवी र विज्ञहरू सम्मिलित टाक्स फोर्स गठन गरेर समिति सकृय भइरहेको छ ।

त्यसै मघ्येको न्यूयोर्क कोरोना भाइरसको इपिकसेन्टर बनेको अमेरिकाको विशाल शहर हो। त्यस शहरमा नेपाली समुदायका मानिसहरू बडी संख्यामा बसोवास गर्छन्। साॅगुरो बसाईले गर्दा होला न्यूयोर्कमा कोरोना संक्रमित नेपालीको संख्या बडी भेटिएको छ । जतिवेला न्यूयोर्कमा कोरोना भाइरसबाट बच्नको लागि नेपाली समुदायलाई माक्स, सेनिटाइजर, ग्लोप्स, थर्ममिटर , टायनल जस्ता स्वास्थ्य सामग्रीहरू पाउन गाह्रो भइरहेको थियो । कोरोना पीडित नेपालीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नपाएर न्यूयोर्कमा छटपट्टिरहेका थिए । त्यहीवेला देखि नेपाली जनसम्पर्क समितिको न्यूयोर्क टाक्स फोर्सले कोरोनाको अक्रान्तबाट नेपाली समुदायलाई जोगाउन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत तवरले समेत समुदायका संक्रमित सदस्यले पाउने गरी स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन सुरू गरेको हो । उक्त समय अमेरिकि सरकारले दिएको निर्देशनलाई पालना गर्दै, कानुनी परिधि भित्र रहेर टाक्सफोर्सले भिडभाड नगरीकन सामाजिक दुरी कायम राख्दै, बडो मुस्किलले स्वास्थ सामग्रीहरू नेपाली समुदायसम्म वितरण गरेको थियो ।

यसका साथै, न्यू-योर्कको टाक्स फोर्सले विभिन्न चरणमा राज्यका जनप्रतिनिधिहरूसंग जुम कन्फरेन्स बैठक गरेर सरकारी निकायबाट कोरोना पीडितका निमित्त प्राप्त गर्न सकिने सेवा, सुविधा र श्रोत परिचालनका लागि आवश्यक सहयोग, सल्लाह, सुझाव र उचित परामर्श आम नेपाली समुदायलाई गराउदै आएको छ। न्यू-योर्कका F1 स्टाटसमा रहेका विद्यार्थी लगायत प्राविधिक कारणले समस्यामा परेका नेपालीहरूका लागि पनि टाक्स फोर्सले सकेको सहयोग प्रदान गरेको छ।

कोरोनाबाट निधन भएका नेपालीको अन्तिम दाहसंस्कारका लागि प्रशासनिक सहजिकरणमा सहयोग लगायत आवश्यक्ता अनुसार समुदायलाई सरकारी निकायसंग सम्पर्क गराईदिने कार्यहरू पनि न्यूयोर्क टाक्सफोर्सले गर्दै आएको छ। यसका निमित्त नेजस अमेरिकाको न्यूयोर्क टाक्सफोर्सका संयोजक सुर्य लम्साल लगायत समितिका सम्पूर्ण टिमलाई नेपाली जनसम्पर्क समिति अमेरिका धन्यवाद व्यक्त गर्दछ। यसैगरी अन्य च्याप्टरका टाक्स फोर्सहरू पनि यो संक्रमणबाट नेपाली समुदायलाई जोगाउन उतिकै कृयाशील भएका छन्। बिशेषत:नेपालीको बाक्लो बसोवास भएको शहरहरूमा आफूलाई जोखिममा राखेर कोभिड १९ बाट समुदायलाई बचाउन टाक्सफोर्सको तर्फबाट अहोरात्र खटिरहनु भएका अग्रजहरु, केन्द्रीय कार्यसमितिका साथिहरू, विभिन्न च्याप्टरका सभापति एवं समितिका सदस्यहरू र सबै च्याप्टर अन्तर्गतका टाक्सफोर्सका संयोजक एवं सदस्यहरू प्रति नेपाली जनसम्पर्क समिति अमेरिका आभार प्रकट गर्दछ ।

 

 

साथै, कोभिड-१९ को महामारीमा न्यूयोर्कमा स्वास्थ्य सामग्रीहरू नभेटिरहेको अवस्थामा, हाम्रो आग्रहलाई स्विकारेर, अमेरिका भरीका संस्थाका शुभेच्छुक सहयोगी दाता महानुभावहरूबाट संस्थागत एवं व्यक्तिगत तवरले हामी मार्फत न्यू-योर्क टाक्सफोर्सलाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु हुने सम्पूर्ण सहयोगी दाता महानुभावहरू प्रति नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक कृतज्ञता ज्ञापन गर्दछ । सहयोगी दाताहरूबाट प्राप्त उक्त स्वास्थ्य सामग्रीहरू न्यूयोर्क टाक्सफोर्सले विभिन्न संघसस्था मार्फत र व्यक्तिगत तवरले समेत नेपाली समुदायमा पुग्ने गरी, हाम्रो संम्योजन र न्यूयोर्क टाक्स फोर्स एवं जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा नेपाली समुदायलाई वितरण गरिएको छ ।

अन्तमा, नेपाली जनसम्पर्क समिति अमेरिकाको सरकारी सहयोग तथा श्रोत परिचालन समिति न्यूयोर्कले गत अप्रिल महिनाको २१ तारीख देखि शुरू गरेको राहत वितरण अभियान मे महिनाको ३१ तारीख २०२० मा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क लगायत अन्य च्याप्टरहरुमा संचालित राहत वितरण अभियान कार्यक्रमलाई सफल बनाउनका निमित्त सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरू, कार्यसमितिका साथिहरु, सहयोगी दाताहरू, सामाजिक अभियन्ताहरू, स्वंयेम सेवक मित्रहरू, पत्रकार साथिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरू, नागरिक समाज र आम नेपाली समुदाय प्रति नेपाली जनसम्पर्क समिति अमेरिका उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछ । यो बिषम परिस्थितिमा कोभिड-१९ बाट निधन भएका सम्पूर्ण नेपालीप्रति गहिरो शोक प्रकट गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ। साथै महामारीबाट संक्रमित भएका समुदायका प्रतेक सदस्यहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।

‘महामारीमा सबैले आ-आफ्नो तर्फबाट सकेको सहयोग गरौं
“आफू पनि बचौं र अरूलाई पनि बचाऔं, कोरोना बिरुद्घको संघर्षमा हामी सब एक हौं”

धन्यवाद, जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव तथा, संयोजक
कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति
नेपाली जनसम्पर्क समिति अमेरिका ।


२४ जेष्ठ २०७७, शनिबार १३:१८ मा प्रकाशित