नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, एकै दिन ३६५ नयाँ संक्रमित

दूरबिन नेपाल     २४ जेष्ठ २०७७, शनिबार १९:२१    

Anil Baral Real Estate

काठमान्डौ ६ जुन। कैलाली र डोल्पामा १-१ जनाको मृत्यु भएसंगे नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। कैलालीमा ५५ बर्षिय महिलाको डायलाइसिस गर्ने क्रममा मृत्यु भएको हो। यसै गरी डोल्पामा मृत्यु भएका ५८ बर्षिय पुरुष जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर गएका थिए।
हाल सम्म मृत्यु भएको विवरण
१) सिन्धुपाल्चोक
२) बाँके -१ जना
३) गुल्मी -१ जना
४) बारा -१ जना
५) ललितपुर -१ जना
६) अर्घाखाँची -१ जना
७ ) दैलेख -१ जना
८) बाजुरा -१ जना
९) दोलखा -१ जना
१०) पाल्पा -१ जना
११) कैलाली -१ जना
१२) सुर्खेत -१ जना
१३) डोल्पा -१ जना
हाल सम्म नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ६५ पुगेको छ। आज एकै दिन ३ सय ६५ जना नयाँ संक्रमित फेला परेका थिए।


२४ जेष्ठ २०७७, शनिबार १९:२१ मा प्रकाशित