नेपाली अमेरिकन बिडेनको समर्थनमा जुट्दै 

दूरबिन नेपाल     २७ जेष्ठ २०७७, मंगलवार ०४:०३    

Anil Baral Real Estate
लस एन्जलस, ७ जून। डेमोक्र्याटिक पार्टीको तर्फबाट सन् २०२० को लागि राष्ट्रपति पदका उम्मेदवार जो बिडेनको समर्थनमा संयुक्त राज्य अमेरिकाभरका नेपाली अमेरिकीहरूले जून ६ मा भर्चुअल बैठक गरे। भर्चुअल बैठकले नेपाली अमेरिकन शिक्षाविद्, स्वास्थ्यकर्मी, ईन्जिनियर, व्यवसायी, र विभिन्न नेपाली संगठनहरूको सामुदायिक कार्यकर्ताहरूलाई एक प्लेटफर्ममा ल्याउन सहयोग पुर्याएको छ। सो बैठकमा बोल्दै बैठकमा बोल्दै मेरील्याण्ड जनरल असेंबलीका राज्य प्रतिनिधि ह्यारी भण्डारीले नेपालीहरुलाई स्थानीय मूलधारको राजनीतिक गतिविधिमा भाग लिन आग्रह गरे।
क्यालिफोर्निया डेमोक्रेटिक पार्टीको एशियन प्यासिफिक आईल्यान्डर (एपीआई) काकस अध्यक्ष र काउन्सिलमेम्बर अफ आर्टेशिया मेलिसा रामोसोले कालो र खैरो लगायत सबै व्यक्तिहरूको लागि समानता र न्याय सुनिश्चित गर्न बिडेनलाई सहयोग गर्न एसियाली समुदायहरूलाई प्रोत्साहित गरे।
“म आप्रवासी र अल्पसंख्यकको अधिकारको संरक्षण अभियानमा सहभागी हुन चाहान्छु,” भन्दै रामेश्वर भण्डारीले बैठकको सुरुवात लस एन्जल्सबाट गरेका थिए।  “हामी भविष्यमा अमेरिकाभरका बढी नेपाली समुदाय सम्म पुग्न प्रयास गर्नेछौं” भन्दै भण्डारीले भने, “हामी कुनै संघ-संस्था गठन गरिरहेका छैनौं, हाम्रो समुदायका सदस्यहरूलाई परिचालन गर्नको लागि केवल एक अर्काको विचारहरू साटासाट गरिरहेका छौं । “
जामा ८५ जनाले बैठकमा सहभागी हुन् साइनइन गरेकोमा ५२ जना आएका थिए। आगामी बैठक जुन २७ तारिखमा गर्ने समेत सो बैठकले निर्णय गरेको छ।

२७ जेष्ठ २०७७, मंगलवार ०४:०३ मा प्रकाशित