संविधान संशोधन गर्न सबै दल सहमत कुटनैतिक माध्यमबाट समस्याको समाधान नभएमा यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने

दूरबिन नेपाल     २७ जेष्ठ २०७७, मंगलवार १४:५०    

Anil Baral Real Estate

काठमाडौँ, ९ जुन। भारतले एकतर्फी रुपमा बाटो बनाउदै गरेको नेपाली भू-भाग लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची-३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा आइपुगेको नेपालको संविधान संशोधन गर्ने प्रस्तावमा संघीय संसदमा रहेका सबै दलको समर्थन जुटेको छ।
गत कात्तिक १६ गते भारत सरकारले एकतर्फी रूपमा नेपाली भूभागलाई आफ्नो नक्सामा सामेल गर्दै सीमाको अवस्थितिमा परिवर्तन गरेपछाडि अहिलेको अबस्था सिर्जना भएको हो। हिजो मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्ने सबै पार्टीका सांसदहरुले भारतले हडपेको भूभाग फिर्ता ल्याउनको लागि कुटनैतिक पहल थाल्नुपर्ने बताएका छन्।
कुटनैतिक माध्यमबाट समस्याको समाधान नभएमा यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा समेत सांसदहरुले राखेका छन्।


२७ जेष्ठ २०७७, मंगलवार १४:५० मा प्रकाशित