लकडाउन खुकुलो बनाउने निर्णय, स्कुल कलेज अझै बन्द

दूरबिन नेपाल     २९ जेष्ठ २०७७, बिहीबार ०२:०१    

लकडाउन खुकुलो बनाउने निर्णय, स्कुल कलेज अझै बन्द

काठमाडौं,२८ जेष्ठ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । स्वास्थ्य सम्बन्धि सबै सेवा, औषधि, खाध्य, तरकारी फलफुल, पेट्रोलियम पदार्थ, बिश्युत, दमकल, एम्बुलेन्स, संचार तथा प्रसारण, बैंक तथा बित्तिय संस्था,क्वारेन्टाइन तोकिएका होटल र बिजुलीका समान बिक्रि तथा मर्मत, आबश्यक सेवाका सबै कार्यालय, निमाण कार्य जस्ता कुराहरु खोल्ने भएको छ।
शैक्षिक संस्था, सपिङ्ग मल, सिनेमा हाल,पार्टी प्यालेस, डान्स बार, सबै प्रकारका मनोरंजन स्थल, अनुमति नलिएका आन्तरिक तथा अन्तरास्ट्रिय उडान, तोकिएका बाहेक अन्तरास्ट्रिय नाकाबाट हुने आवातजावत सबै प्रकारका जात्रा तथा महोत्सव, २५ जनाभन्दा बढी जम्मा हुने सभा गोष्ठी सेमिनार, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल,समुहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति,ब्यबसायिक रुपमा संचालित स्विमिङ्ग पुलहरु भने तत्काल बन्द नै गर्ने निर्णय गरेको छ।


२९ जेष्ठ २०७७, बिहीबार ०२:०१ मा प्रकाशित