एसईई परिक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने तयारी 

दूरबिन नेपाल     २९ जेष्ठ २०७७, बिहीबार ०२:०४    

एसईई परिक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने तयारी 

काठमान्डौ, २८ जेष्ठ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तयार गरी आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चैत ६ गते तय भएको परिक्षा अन्तिम समयमा चैत ५ गते साँझ स्थगित गर्ने निर्णय गरेको थियो । परीक्षाका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए ।

PlutonicTech

२९ जेष्ठ २०७७, बिहीबार ०२:०४ मा प्रकाशित