न्युयोर्कका अदालतमा आइसीइले पक्राउ गर्न नपाउने संघीय अदालतको फैसला अदालतमा पक्राउ अवैध, राष्ट्रपति ट्रम्पलाई झट्का

दूरबिन नेपाल     २९ जेष्ठ २०७७, बिहीबार ०४:१४    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
न्युयोर्क राज्यका अदालतमा आइसीइको पक्राउ अवैध हुने फैसला न्युयोर्कको संघीय अदालतले सुनाएको छ । न्युयोर्कको दक्षिणी जिल्लाका न्यायाधीश जेड रकोफले बुधबार सो फैसला गरेका हुन । जिल्ला अदालतको फैसलाले आइसीइ एजेन्टहरुलाई अदालतमा गिरप्तार गर्ने पाउने राष्ट्रपति डोनल्ड ट्रम्पको अनुमतिलाई रोकेको छ । यसले संघीय अदालत र ट्रम्पको विचको विवाद झन बढ्ने देखिन्छ । गत सेप्टेम्बरमा न्युयोर्कका अटर्नी जनरल लेटीया जेम्स र बु्रकलिन जिल्लाका अटर्नी एरिक गोन्जालेजले आइसीइ एजेन्टहरुबाट अदालतमा हुने पक्राउको विरुद्धमा मुद्वा दायर गरेका थिए । आप्रवासीहरुप्रति कठोर र अमानवीय नीति अंगाल्दै आएका ट्रम्प र उनका एजेन्ट विरुद्ध अदालतको पछिल्लो फैसलाले गतिलो जवाफ दिएको अटर्नी जनरल लेटीया जेम्सले बताए । स्थानीय अदालतमा आप्रवासीहरुलाई पक्रन तथा उनीहरुको मान मर्दन गर्न ट्रम्प प्रशासनले अनुमति दिएर न्युयोर्क लगायत राज्यहरुको सुरक्षालाई नै खतरामा पारेको वकिलहरुले निष्कर्ष निकालेका छन । कोरोना भाइरसका कारण प्रताडित भइरहेका बेलापनि आप्रवासीहरुप्रति आक्रामक बनीरहेका राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई न्युयोर्कको अदालतको फैसलाले दरिलो चुनौती दिएको विष्लेशकहरुले अनुमान गरेका छन ।


२९ जेष्ठ २०७७, बिहीबार ०४:१४ मा प्रकाशित