सरकारी कार्यालय दूई सिफ्टमा चल्ने, निजिले पनि दुई सिफ्टमा चलाउन सक्ने

दूरबिन नेपाल     २९ जेष्ठ २०७७, बिहीबार १३:३०    

सरकारी कार्यालय दूई सिफ्टमा चल्ने, निजिले पनि दुई सिफ्टमा चलाउन सक्ने

काठमाडौँ, २९ जेष्ठ। मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरुलाइ पनि दुई सिफ्ट चल्न दिने निर्णय गरेको पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी दिएका हुन् ।

मन्त्रि खतिवडाका अनुसार बिहान ८ देखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने जानकारी दिए । चैत ११ गतेदेखि शुरु भएको लकडाउनलाई संक्रमित कम भएको स्थानमा क्रमशः खुकुलो पार्दै लैजाने निर्णय समेत गरेको छ ।

PlutonicTech

२९ जेष्ठ २०७७, बिहीबार १३:३० मा प्रकाशित