महामारीकै अवधिमापनि अमेरिकामा थपिए दुई हजार नयाँ नागरिक

दूरबिन नेपाल     ३० जेष्ठ २०७७, शुक्रबार ००:१८    

Anil Baral Real Estate

दूरबिन नेपाल, अमेरिका

दुई हजार आप्रवासीले अमेरिकी नागरिकताको सपथ लिएका छन । अमेरिकामा कोरोना भाइरसको माहामारी कम हुंदै गएपछि कार्यालय खेल्न थालेपछि करिव २ हजार नयाँ आप्रावासीले अमेरिकाको नागरिकता प्रापत गरेका हुन । नागरिकताको सपथ कार्यक्रम महामारीका कारण स्थगन गरिएको थियो । गत हप्ता मात्र यूएससिआइएसका कार्यलयहरु सञ्चालमा आएपछि सामाजिक दूरी कायम गर्दे नयाँ नागरिकताको निम्ति समारोहहरु आयोजना गरिएको थियो । यूएससिआइसका अनुसार प्रत्येक महिना झण्डै ६० हजार आप्रवासीहरु अमेरिकी नागरिकको सूचिमा थपिदै आएका छन । यूएससिआइसले यो वर्ष मात्र ८ लाख ६० हजार नयाँ आप्रवासीहरु अमेरिकी नागरिकता प्राप्तीकोलागि योग्य हुने जनाएको छ । नयाँ नागरिकको सूची बढेसंगै कतीपय डेमोक्रेटका सांसदहरुले नयाँ नागरिकको सपथ समारोहलाई भिडियो मार्फत गराउनु पर्ने र त्यसले अध्यागमनको कामको भारलाई कम गराउने वताउदै आएका छन । यसै वर्षको नोभेम्वर अगावै झण्डै २३ मिलियन आप्रवासी राष्ट्रपतीय निर्वाचनमा मतदानको निम्ति योग्य हुनेछन । यो संख्याले राष्टपतिको निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने आंकलन अध्यागमन अधिकारकर्मीहरुको रहेको छ ।


३० जेष्ठ २०७७, शुक्रबार ००:१८ मा प्रकाशित