कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु दर्शकविना नै खेल सम्पन्न

दूरबिन नेपाल     ३० जेष्ठ २०७७, शुक्रबार ००:३७    

कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु

दूरबिन नेपाल, अमेरिका
कोभिड–१९का कारण स्थगित भएको लोकप्रीय स्पेनीस लालिगा शुरु भएको छ । कोरोनाको महामारीपछि भएका खेलहरु हेर्न दर्शकहरु मैदानमा उपश्थित थिएनन । सेभियाको घरेलु मैदामा भएको खेलमा सेभियाले रियल वेटिसलाई २–० को अन्तरले पराजित गरेको छ । सेभियाको निम्ति ५६ औं मिनेटमा ओकम्पुसले पेनाल्टिमार्फत पहिलो गोल गरेका थिए भने खेलको ६२ औं मिनेटमा ओकम्पुस कै पासमा फर्नाण्डोले गोल गरेका थिए । लालिगामा हाल वार्सिलाना शिर्ष स्थानमा रहेको छ भने रियल मड्रिडले ५६ अंकका साथ वार्सालाई पछ्याइरहेको छ । यता जर्मन वुण्डोस लिग भने कोरोनाको महमारी घट्दै गएपछि झण्डै तीन साता अघिदेखि नै सञ्चालन हुदै आएको छ । फ्रेञ्च लिगमा भने कोभिडको महमारीकै समयमा अंकको आधारमा पिएसजीलाई उपाधि प्रदान गरिएको थियो । लालिगासगै इङलिस प्रिमियर लिग पनि जुन १७ देखि आरम्भ हुने इपिएलले जनाएको छ ।


३० जेष्ठ २०७७, शुक्रबार ००:३७ मा प्रकाशित