एनआरएनए अमेरिका अव रोकिदैन: महासचिव पाण्डे 

दूरबिन नेपाल     ३० जेष्ठ २०७७, शुक्रबार २२:३८    

एनआरएनए अमेरिका अव रोकिदैन: महासचिव पाण्डे 

दूरबिन संवाददाता ,अमेरिका ।


अबको २२ दिन अर्थात जुलाई ४ र ५ तारिखमा गर्ने भनिएको एनआरएनए अमेरिकाको साधारण सभा कुनै पनि हिसाबले नरोकिने महासचिव पशुपति पाण्डेले दावी गरेका छन् । महासचिव पाण्डेले साधारण सभा रोक्न वा सार्नलाई संस्था भित्र प्रयास गरिरहेको आरोप र भनाइको प्रतिवाद गर्दै दूरबिन नेपालसँग भने “रोक्ने वा संस्थालाई गतिहीन बनाउने कतिपयका चाहना र इच्छा होलान् तर म साधारण सभा सार्ने वा रोक्ने पक्षमा छैन । एनआरएनए अव रोकिदैन । सूचना प्रविधिको प्रयोग गरेर महामारी कै बिचमै एनआरएनए अमेरिकाको साधारण सभा सम्पन्न गर्छौ ।” 

PlutonicTech

महासचिव पाण्डेले यस्तो बिषम परिस्थितिमा साधारण सभा गर्दाका चुनौति र तयारीका बिषयमा कार्यसमितिमा दुई पटक छलफल भइसकेको बताए । कार्यसमितिले  साधारणसभालाई सफल बनाउन कार्यविभाजन गरिसकेको छ । साधारणसभाको संयोजन बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले गर्दैछन् । त्यस्तै संस्थाको कार्यक्रम र वैज्ञानिक कार्यपत्रहरुको तयारीका लागि  डाक्टर तारा सिग्देललाई जिम्मेवारी दिइएको छ । डिजिटल विधिबाट हुने अधिवेशनको प्राविधिक पक्ष पदम भण्डारी र दधि ढुंगानाले हेर्दै छन् । डाक्टर सिग्देल, दधि ढुङ्गाना र भण्डारीले साधारणसभाको दौडान हुने प्रस्तुति, प्राविधिक हिसाबले सबै सदस्यलाई सहज प्रवेश र उपस्थितिका लागि भइरहेका तयारीका विषयमा कार्यसमितिलाई जानकारी गराइसकेका छन् । 

कन्भेनर डाक्टर अर्जुन बन्जाडेले दूरबिन नेपालसँग कुरागर्दै भने “एनआरएनए अमेरिकाको विधानले नै जटिल अवस्थामा डिजिटल विधिबाट पनि साधारणसभा गर्न सकिने बाटो खुला गरिदिएका कारण साधारणसभा रोकिने अवस्था छैन । आम सदस्यको सहभागिता र कोरम पुरा गरेर साधारणसभा सम्पन्न गर्न चाहिने उपस्थितिको बारेमा पनि विधानमा प्रष्ट ब्यवस्था भएका कारण डिजिटल विधिबाट हुने साधारण सभाको निष्कर्षवैधानिकतामाथि  कसैले प्रश्न गर्ने ठाउँ पनि हुँदैन ।”

सदस्यहरुले कोरोनाको जोखिमबाट जोगिदै घरबाटै अनलाइनमा जोडिएर, डिजिटल विधिबाट हुने प्रस्तुति सुन्दै आफ्ना बिचार राख्न , टिक्का टिप्पणी गर्न पाउनु हुन्छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह भन्छन्  “अव संस्थाहरूलाई प्रविधि मैत्री बनाएर अप्ठ्यारो समयमा पनि काम रोकिनु हुँदैन भन्ने सन्देश एनआरएनए अमेरिकाले अरु देशका एनसीसीहरु समक्ष पुर्‍याउनु पर्छ । महामारीले हामीलाई प्रविधि उपयोगको बाटोमा हिँडाएको छ ।”

Bhatta Law & Associate

 


३० जेष्ठ २०७७, शुक्रबार २२:३८ मा प्रकाशित