आज संविधान संशोधन विधेयक पारित हुने

काठमाडौं,१ जेठ। आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ ।
कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ माथी दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । दफावार छलफल पश्चात कानुनमन्त्री तुम्बाहाङफेले विधेयकलाई पारित गर्ने प्रस्ताव संसद समक्ष राख्ने छिन ।
भारतले हडपेर राखेको नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । संसोधनको लागि ल्याएको विधेयकमा सबै राजनीतिक दलहरुको समर्थन रहेको छ ।
३१ जेष्ठ २०७७, शनिबार ०३:०९ मा प्रकाशित