नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)द्वारा संविधान संशोधनको स्वागत

दूरबिन नेपाल     १ असार २०७७, सोमबार ०२:२३    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
नयां नक्सा जारी गरी संविधान संशोधन गरिएकोमा नेपाल आदिवासी जनजाती महासंघ फिप्नाले खुशी व्यक्त गरेको छ । भारतले कब्जा गरीराखेका नेपालका कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन मार्फत सदनबाट पारित गरी औपचारिकता दिएकोमा फिप्नाले स्वागत गरेको हो । मुलुकको सार्वभौमसत्ता र राष्ट्रियताका सवालमा सबै राजनीतिक दलहरु एकमत हुनु ऐतिहासिक भन्दै अब कुटनीतिक पहलद्वारा आफ्नो जमिन फिर्ता ल्याउन नेपाल सरकारलाई बधाई तथा शुभकामना पनि दिएको छ । मुलुकको यो ऐतिहासिक कामका लागि सबै दलहरुले देखाएको अभुतपुर्व एकताको लागि सबैलाई धन्यवादपनि दिइएको छ ।
अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापाद्वारा जारी गरिएको प्रेस रिलिजमा सन १८१६ मा नेपाल र इष्ट इण्डिया कम्पनीविच भएको सुगौली सन्धीमा नेपालको आफ्नो धेरै भुमी गुमाउनु परेको उल्लेख गर्दै बेलाबेलामा सिमाना मिचिंदै आएपनि शासकहरुको अकमण्र्यताका कारण आवाज नउठेको आरोप छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरापनि यसैको उदाहरण भएको र अब सो क्षेत्रबाट भारतीय सेना हटाइ नेपाल सरकारले आफ्नो उपश्थिती जनाउन फिप्नाले आग्रहपनि गरेको छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा बाहेक सुस्ता, मेची, पशुपतिनगर र टनकपुर लगायतका क्षेत्रमापनि सिमा विवाद रहेकोले त्यसको समाधानका लागि कुटनीति पहल हुनुपर्ने र मुलुकको एकता र सार्वभौमिकताका सवालमा फिप्नाको संधै साथ र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ ।
फिप्नाले शनिवार महासंघका १७ क्रियाशिल संस्था, विविभन्न राज्यका च्याप्टर समिति, संघीय परिषद र सल्लाहकार सहितको भर्चुअल बैठक बसेपछि विज्ञप्ति जारी गरेको जनाएको छ ।


१ असार २०७७, सोमबार ०२:२३ मा प्रकाशित