अमेरिकाबाट नेपाल जाने उडान तालिका सार्वजनिक नेपाल जानै पर्नेहरु तयारी अवस्थामा रहन दुतावासको आग्रह

दूरबिन नेपाल     ३ असार २०७७, बुधबार ०३:३६    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसका कारण अमेरिकामै रोकिएकाहरुकालागि नेपाल जाने उडानको तालिका सार्वजनिक भएको छ । अमेरिकास्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार नेपाल सरकारको आदेश अनुसार चार्टर विमानको तालिका बनेको हो । उडानको तालिका अनुसार अमेरिकाका चार स्थानबाट उडान भर्नेछन । तालिका अनुसार जुन २३ र २५ तारिखमा नेपालका लागि चार्टर गरिएका विमानले नेपालका लागि उडान भर्नेछन । जुन २३ तारिखमा न्युयोर्कबाट टर्किस एअरलाइन्सले र वसिङटन डिसीबाट कतार एअरलाइन्सले नेपालका लागि उड्ने छन । त्यसैगरि जुन २५ तारिखमा टेक्ससको डाल्लासबाट कतार एअरलाइन्स र सिकागोबाट टर्किस एअरलाइन्सले नेपालतर्फ जानेछन । वसिङटन डिसीस्थित नेपाली दुतावासले जारी गरेको सूचना अनुसार यात्राका लागि नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट अर्थात यात्रा अनुमतिपत्र हुनुपनर्नेछ । त्यसैगरी यात्रुको पीसीआर र आरडीटी टेष्ट नेगेटिभ भएको हुनुपर्नेछ वा स्वास्थ्यकर्मीले प्रमाणित गरेको कोभिड १९ नभएको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल पुगिसकेपछि नेपाल सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुुपर्नेछ । हवाइ भाडा कतार एअरवेजको १६ सय अमेरिकी डलर र टर्किस एअरवेजको १५ सय ३७ तोकिएको छ । भाडा दर निकै महंगो भएको गुनासो पनि आइरहेको छ । टर्किस एअरलाइन्सका लागि सम्पर्क व्यक्तिहरुको नाम फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएपनि कतार एअरलाइन्सका लागि सम्पर्क व्यक्तिको विवरण पछि उपलव्ध गराइने जनाइएको छ । विभिन्न कामकालागि अमेरिका आएका तर कोरोनाको प्रभावका कारण अमेरिकामै रोकिएकाहरु र अत्यावस्यक कामका लागि नेपाल जानुपर्नेहरुले अनलाइन मार्फत दुतावासमा फारम भरेका थिए । सोही विवरणका आधारमा अहिले नेपाल लैजान लागिएको दुतावासले जनाएको छ । 

दुतावासले जारी गरेको पहिलो सूचना यसप्रकार छ

सोमबार उडान तालिकाको जानकारी दिएको दुतावासले मंगलबार फेरी अर्को सूचना जारी गरेर टर्किस एअरलाइन्सले आफ्नो एजेन्टहरुको जानकारी दिइसकेकोले सूचनामा जानकारी दिइएको तर कतार एअरवेजले टिकटको व्यवस्थाको लागि अझै कुनै एजेन्टको बारे जानकारी नगराएकोले सार्वजनि नगरिएको स्पष्ट पारेको छ । दुतावासले यसले केही अन्यौलमा परेको भएपनि कतार एअरवेजको एजेन्टको जानकारी आउदासाथ दुतावासको वेभ साइटमा राखिने जनाएको छ ।

दुतावासले जारी गरेको अर्को सूचना यसप्रकार छ

 

 


३ असार २०७७, बुधबार ०३:३६ मा प्रकाशित