लघु कथा र फेसबुके सम्बन्ध !

राम खड्का, न्यू योर्क     ५ असार २०७७, शुक्रबार १५:१३    

Anil Baral Real Estate

राम खड्का, न्यू योर्क ।

 

उमंग उत्साह अवश्य नै जाग्ने भयो संसारको सपनाको देश ऊडन पाऊने अबसर मिल्दा त्यस मा पनि न्यू योर्क शहरको सफर सपनाहरु धेरै बुनिएका थिए जहाँ धेरै आफन्त साथि संगी पनि लामो समय देखि रहदै आएका थिए

 

मैले फेसबुकमाआज राति किन किन निद्रै लागेन ! ” भनेर अपडेट गर्दा मेरा आफन्तहरु नै हुन्थे पहिला  लाईक कमेन्ट मा के भयो, भन्ने अनि सोध खोज गर्ने

 

फेरीनट फिलिगं गुड ! ” भनेर  प्रति पोस्ट ठोकदा बाबै झन, कुरै नगरौ गेट वयल सुन !” भनि कमेण्ट गर्नें भिडहरुको

 

यो देख्दा लाग्दथ्यो, जतिको सर्व प्रिय कोही छैन होला? यी मेरा आफन्त भनौदाहरुको फेसबुकमा शुभेच्छा पोस्ट हेर्दा, लाग्दथ्यो, यत्तिकै निको हुन्छु साँच्चै नै बिरामी परे भने पनि

 

फेसबुकको सम्बन्धको कुरै नगरौ लाग्दथ्यो, यी आफना भनौदहरू संग मैले एउटै आत्मा बाँडेर  बाचिरहेछु

 

बाहिर देख्नेहरू पनि कति डाहाँ गर्थे होलान? हामी बीचको फेसबुके आत्मियता देखेर?

 

फेसबुकमा केही चुहिन नपाऊदै लाईक कमेंन्ट ठोकी हाल्ने

 

अफसोच ! जब मेरा पाईलाहरू सपनाको शहरमा ठोकिन पुगे मैले वास्तविकता अर्कै पाए बल्ल बुझे, फेसबुके सम्बन्धले मलाई कतिभ्रमित बनाएको रहेछ अमेरिकन भएका यी मेरा आफनतहरूको दैलो कुल्चने अवसर मैले कहिल्यै पाईन खुशी मा सँगै रम्ने दुखमासंगै रुने साथ को के कुरा गर्नु तर पनि लोक ले फेसबुकमा हेर्दा  अझै पनि तीनै छन्, प्रिय मेरा लागी

 

यसैले मलाई जीवनमा एऊटा अनौठो पाठ सिकायो फेसबुकको पानामा छापिएका भ्र्चुअल सम्बन्ध ब्यवहारमा गरिने बास्तविकसम्बन्ध बीच आकाश धर्ती जत्तिकै दुरी पो हुँदो रहेछ

पाठले मलाई सचेत बनायो भर्चुअलमाया विचित्र


५ असार २०७७, शुक्रबार १५:१३ मा प्रकाशित