युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको साधारण सभा सम्पन्न

दूरबिन नेपाल     ६ असार २०७७, शनिबार ०४:३५    

Anil Baral Real Estate

दूरबिन नेपाल, न्युयोर्क

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले वार्षिक साधारण सभा भर्चुएल बैठकबाट सम्पन्न गरेको छ । जुम प्रविधिको प्रयोग गरी साधारणसभा अध्यक्ष मुना राईको सभापतित्वमा सम्पन्न भएको थियो । साधारण सभाका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले अमेरिकाम बस्ने आदिवासी जनजातिहरुले आफ्नो चासो र सरोकाका विषयहरुलाई उठाउनुपर्नेमा जोड दिए । उनले नेपाल सरकारले संस्कृत भाषालाई मात्र प्राथमिकतामा राख्न खोजेकोमा आपत्ति जनाउंदै राज्न्यले सबै मातृभाषाको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा बोर्ड सल्लाहकारहरुले आफ्नो विषय शिर्षक अन्तर्गत विचार राखेका थिए । विचार राख्ने सल्लाहकारहरुमा शिव कुमार राई, धौल बीर राई, बिष्णु राइ, चुना राई, मिलन राई, प्रभाकर राई, तेज राई, श्यामा राई र सुरेश चाम्लिङ्ग लगायत थिए । साधारण सभामा विभिन्न विद्यालय तथा क्याम्पसबाट ग्र्याजुएट हुने विद्यार्थीहरुलाई सम्मानपत्र दिर्द मन्तव्य राख्न दिइएको थियो । सम्मानपत्र पाउने बिद्यार्थीहरुमा एलिना राई,, लोकेन्द्र मति राई, जेनिथ राई, यलम्बर राई नमिता राई, शशि राई, प्रतिभा राई रहेका छन । त्यसैगरि केभिन राई, प्रतिक राई, ज्यो लुङ्ग राई, आदर्श राई, कृपा पौडेल, सबिन सुब्बा, शुभेच्छा राई पनि सम्मानित भएका थिए । त्यस्तै कोभिड(१९) मा अग्र पंक्तिमा रहेर काम गर्ने किराती राईहरुको प्रशंशा गरिएको थियो ।

सो कार्यक्रममा करातेका अन्र्तराष्ट्रिय रेफ्री पर्खि खालिङ्ग राई लाईपनि सम्मान गरिएको थियो । उक्त सभामा लोकल च्याप्टर सभापतिहरु डि एम भी पी सभापती प्रकाश राई, क्यालिफोर्निया सभापती जोर बीर राई, न्यु इंग्ल्याण्ड सभापती मुक्ति नारायण राईर, न्यु योर्क सभापती केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए । त्यसैगरी केन्द्रिय समिति र लोकल च्याप्टरबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र, सिक्किमका पुर्व मुख्यमंत्री पवन चाम्लिङ्गसंगको न्यु योर्कमा भेटघाट छलफल, कोभिड(१९ मा बिभिन्न व्यक्तिहरुलाइ सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ १ भिसामा रहनु हुने बिद्यार्थी हरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगायतको कार्यक्रमहरु गरिएको बताईएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्नेहरुमा केन्द्रिय समितिबाट महासचिव जय राई लगायत अन्य लोकल च्याप्टरबाट हर्क राई,, टक्सन राई,, मुक्ति नारायण राई र न्यु योर्कका सभापती केशब राम राई थिए । उक्त सभामा किरात राईहरुको नया बिबाहित जोडीलाई र आजीवन सदस्य लिने जेष्ठ सदस्य खडिमान राईलाइ स्वागत गरिएको थियो । सभामा प्रभाकर राईपनि सम्मानित भएका थिए । सभापति मुना राइले मानव जीवनको महत्व पूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवा हरुले शिक्षालाई जोड दिनका साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृती समेत जगेर्ना गर्नु उत्तिकै आवस्यकता रहेको कुरा बताएकी थिइन । कार्यक्रम संचालन केन्द्रिय महासचिव जय राई लगायत विभिन्न च्याप्टरका महासचिवहरुले पालैपालो गरेका थिए । यस वर्षको साकेला कोभिड (१९) को कारण स्थगित गरेपनि अर्गनाइजेशनले साधारण सभा भने सम्पन्न गरेको छ ।

ःयो सामग्री सुरेश चाम्लिङ्ग, न्यु हेम्प्शायरको सहयोगमा तयार पारिएको होः

 


६ असार २०७७, शनिबार ०४:३५ मा प्रकाशित