राजनीतिमाथी व्यंग हानिएको गायक सुदिनको समृद्धि बोलको गीत सार्वजनिक

दूरबिन नेपाल     ८ असार २०७७, सोमबार ०४:०४    

राजनीतिमाथी व्यंग हानिएको गायक सुदिनको समृद्धि बोलको  गीत सार्वजनिक

 

दूरबिन नेपाल, अमेरिका
गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन । झण्डै साढे तीन मिनेटको गीतमा सुदिनले वर्तमान राजनीकि नेतृत्वमाथी व्यंग हानेका छन । विश्व संगीत दिवसको अवसरमा युट्युव मार्फत सार्वजनिक भएको र्याप शैलीको सो गीतमा नेता, कर्मचारीहरुका क्रियाकलापका कारण मुलुकको विकास हुन नसकेको यथार्थ पोखिएको छ । सञ्चारकर्मी समेत रहेका पोखरेलले केही समय अघि पनि जोश बोेलको गीत ल्याएका थिए । कान्तिपुर टेलिभिजनमा समेत काम गरिसकेका पोखरेल गायनको साथै पत्रकारितामा पनि चिनिएको नाम हो । पोेखरेलको गीत सुन्नको लागि यो लिंकका क्लिक गर्नुहोस । 

 


८ असार २०७७, सोमबार ०४:०४ मा प्रकाशित